चितवन, बैशाख ९,
महामारी रोकथामका लागि जनचेतना फैलाउन एमाओवादी चितवनका युवाहरुको समूह जाजरकोटतर्फ प्रस्थान गरेको छ ।
मौसमी रुघाखोकी र स्वाइन फ्लु फैलिन नदिन स्थानियबासी तथा छिमेकरी जिल्लाका स्थानियलाई उच्च सर्तकता अपनाउन अनुरोध गर्ने लक्ष्यसहित ७ जनाको टोलि आँज साझ चितवनबाट प्रस्थान गरेको हो । वाईसियल चितवनका अध्यक्ष इश्वर सापकोटा सुमनको संयोजकत्वमा रहेको टोलिमा वाईसियलका इश्वर रेग्मी, सुरेन्द्र देवकाटा रहेका छन् । त्यस्तै विद्यार्थी संगठनका जिल्ला अध्यक्ष दिलिप पौडेल, दुर्लभ शाहि, साजन अधिकारी, वसन्त आचार्य रहेका छन् ।
४ दिनसम्म जाजरकोट जिल्लामा स्वयमसेवा गर्ने गरी खटिने टोलिले ८० हजार बराबरको निःशुल्क औषधिसहित सावुन, मास्क लगायतका सरसफाईमा उपयोग गरिने सामाग्री वितरण गर्नेछ । जाजरकोट जाँदै गरेको समूहलाई एमाओवादी चितवनले विदाई गरेको छ । एमाओवादी जिल्ला अध्यक्ष यमबहादुर परियार इन्द्रजितले काँग्रेस सरकारले जनताको स्वास्थ्यप्रति गम्भिर नबनेको आरोप लगाउनुभयो । वाईसीयल चितवनका अध्यक्ष इश्वर सापकोटा सुमनले स्थानियवासीलाई समयमै उपचार गराउन परामर्श दिइने बताउनुभयो ।