जनकपुरधाम – गृहमन्त्री रामबहादुर थापा बादलले हालैको बाढी तथा डुबानका कारण प्रभावित भएको क्षेत्रमा तत्काल पुनर्निर्माणको काम थाल्ने बताएका छन् ।

बाढी तथा डुबान प्रभावित प्रदेश नम्बर २ का जिल्लाको बुधबार अवलोकन गरेपछि गृहमन्त्री थापाले चाँडै सरकारले तत्कालै पुनर्निर्माण सुरु गर्ने बताएका हुन् ।

मन्त्रीहरुसहितको टोली लिएर रौतहट पुगेका गृहमन्त्री थापाले उद्धारकको काम लगभग सकिएकाले अब पुनर्निर्माण तथा पुनर्स्थापनाको काम अघि बढाउने बताएका हुन् ।

अनुगमनका लागि गएको टोलीमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, मन्त्रीहरु उपेन्द्र यादव, रघुवीर महाशेठ, वर्षमान पुन, कृषि राज्यमन्त्री रामकुमारी चौधरी, विकास समिति सभापति कल्याणी खड्का तथा रौतहटका सांसद प्रभु साह थिए ।