क्वालालाम्पुर (मलेसिया)— नेकपाएमालेको प्रवास संगठन प्रवासी नेपाली मन्च मलेसियाले घर फर्कन चहाने अबैधानिक नेपालीलाई सहज ढंगले यात्रा अनुमतीपत्र दिन दुतावासँग माग गरेको छ।
दुतावासले घर जानचहाने अबैधानिक नेपाली कोपरासीबाट मात्रै जानपाउने बाध्यकारी नियम बनाएपछि मन्चले आज राजदुत निरञ्जनमानसिंह बस्न्यातलाई ज्ञापन बुझाउदै एकतर्फी यात्रा अनुमतीपत् रबितरणलाई सहज बनाउन माग गरेको हो। अध्यक्ष राजेन्द्रप्रसाद भण्डारी र महासचिव दयाराम कुमालद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा नेपाली भएको प्रमाण पेश गरेपछि सहज रुपमा यात्रा अनुमतीपत्र दिन माग गरिएको छ।
नेपाली दुुुतावासाले लागतखर्च भन्दाकरिब ४ सय रिङ्गेट,करिब ११ हजार रुपैयाँ बढी तिरेर कोपरासीबाट मात्रै नेपाल जानपाउने बाध्यकारी नियम बनाएपछि मन्चले बोलपत्रआह्वान गरेर थोरै रकममा नेपालजान सकिने व्यवस्था गर्न दुतावासलाई आग्रह गरेको छ।
यात्रा अनुमतीपत्र बितरणमा दुतावासले बाध्यकारी निमय बनाएको खबर सार्वाजनिक भएकाले दुतावासलाई यात्रा अनुमतीपत्र बितरणमा सहजता ल्याउनमागगर्दै ज्ञापन पत्रबुभाएको मन्चले जनाएको छ ।
ज्ञापन पत्रबुझाउदै अध्यक्ष भण्डारीले यात्रा अनुमतीपत्र लिनआउने नेपालीलाई बिना रोकतोक उपलब्ध गराउनमाग गरे। उनले राजदुत बस्न्यातलाई भने,’नेपालीभएको प्रमाण पेश गर्नेलाई सहज ढंगले एकतर्फी यात्राअनुमती दिइयोस्। सहजै घर जान पाउनु नागरिकको नैसंगिर्क अधिकार हो।’
राजदुतले अबैधानिक नेपालीलाई सहज रुपमा घर पठाउन केही दिनमै कोपरासीले लिने शुल्क घटाउने वा बोलपत्रआह्वान गर्ने बारेमा निर्णय गर्ने जवाफ दिएका छन्।