असार मसान्तसम्म संबिधान बनाउने कार्यतालिका

0

काठमाडौं–सहमतिबाट संविधान जारी गर्ने वा प्रक्रियाबाट भन्नेमा चलेको लामो समय सम्मको विवाद अन्त्य गर्दै संविधानसभाले यही १७ गतेबाट प्रक्रिया सुरु गर्ने भएको छ। गत सोमबार प्रमुख तीन राजनीतिक दलबीच भएको सहमति अनुसार संविधानसभा अध्यक्षा सुवास नेम्वाङले नयाँ कार्यतालिका तयार गरेका हुन् ।
तीन दलका दोस्रो तहका नेताको उपस्थितिमा संविधानसभा अध्यक्ष सुवास नेम्वाङले तयार पारेको र गोप्य राखिएको कार्यतालिका अनुसार बैखाश १७ गते प्रक्रिया सुरु गरी असार ३१ गते संविधान जारी गर्ने उल्लेख छ। स्रोतका अनुसार संधिवानसभाबाट प्रक्रिया थाल्न गत मंगलबार कांग्रेस, एमाले र एमाओवादीका दोस्रो तहका नेताको उपस्थितिमा संविधानसभा अध्यक्ष सुवास नेम्वाङले नयाँ कार्यतालिका बनाएका हुन्। सो कार्यतालिका आज तीन बजे बस्ने संविधानसभा बैठकमा पेश गर्ने भनिएपनि विपक्षाी दलले संविधानसभामा सहभागी हुने निर्णय गरी नसकेकाले पेश हुन नसकेकाे हाे ।
‘कार्यतालिका मंगलबार नै तयार भएको हो,’ स्रोतले भन्यो,’आज बस्ने संविधानसभाको बैठकमा सो कार्यतालिका पेश भनिए पनि विपक्षी दल सहभागी नभएका कारण पेश हुन नसकेकाे हाे ।’ यसअघि पहिलो पटक संधिवानसभाले माघ ८ गते संविधान जारी गर्ने गरी कार्यतालिका पारित गरेको थियो। उक्त कार्यतालिका अनुसार संविधानसभाले काम गर्न नसकेपछि दोस्रो पटक कार्यतालिका तयार पारिएको हो। नयाँ कार्यतालिका अनुसार कतिपय नियम निलम्बन गर्दै असार मसान्तमा संविधान जारी गर्ने उल्लेख छ।

यसैबीच एकीकृत माओवादी नेतृत्वको विपक्षी मोर्चाले आजबस्ने संविधानसभाको बैठकमा भाग नलिने भएको छ। मोर्चाले अहिलेसम्म भाग लिने कुनै निर्णय नगरेको एमाओवादी संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले बताए। ‘आजको बैठक बहिष्कार गर्ने निर्णय भएको छैन,’ उनले भने,’यसअघि कै निर्णय अनुसार आजको बैठकमा सहभागी नहुने हो।’ मोर्चाको शुक्रबार बस्ने बैठकले संविधानसभामा भाग लिने नलिने विषयमा निर्णय गर्ने उनले बताए।

एमाओवादीले कांग्रेस एमालेसँग संविधानसभा प्रक्रियामा जाने सहमति गरेको भन्दै मोर्चामा आवद्ध दल मधेसी जनाधिकार फोरम नेपाल, सद्भावना पार्टी र समाजिक लोकतान्त्रिक पार्टीले विरोध जनाएपछि बिहीबार उनीहरुलाई मनाउने प्रयास भइरहेको स्रोतले जनाएको छ। ‘आज उहाँहरुलाई ‘कन्भिन्स’ गराएर भोली बस्ने मोर्चाको बैठकले संविधानसभा सहभागी हुने निर्णय गर्ने संभावना छ,’ एक नेताले भने।
[nagariknews.com बाट]

Leave A Reply

Your email address will not be published.