कास्की सेवा समाजले स्पेनका बालबालिकाको भविष्य र चुनौती यसमा सरोकार वला संघ सस्थाहरुले निभाउन सक्ने भूमिका र अभिभावकको दायीत्व बिषयक एक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ।
समाजले एनआरएनए,स्पेन स्थित संघ सस्थाहरुका प्रतिनिधिहरु लगायत नेपाली बालबालिकाहरुको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम गर्ने भएको हो।
आगामी मे १० तारिक आईतबार बार्सिलोनामा समाजले पहिलो पटक गर्न लागेको औपचारिक कार्यक्रममा सबै बालबालिकाहरुलाई लिएर उपस्थित भईदिन अभिभाबकहरुलाई बिशेष अनुरोध समेत गरेको छ। कार्यक्रममा आफ्नो अफिसियल वेभसाईटको औपचारिक उद्घाटन पनि गर्ने समाजले जनाएको छ।
कार्यक्रम सफल पार्नको लागि समाजका सदस्य पुष्प केसीको संयोजकत्वमा एक उपसमिति समेत गठन गरिएको छ।
यस्तै समाजले स्थानीय अनलाईन मिडिया नेपालीनेपाली डटकमले पठाएको पत्र बारे बैठकमा छलफल गर्दै मिडियाको पहिलो बार्षिकउत्सब कार्यक्रमलाई पूर्ण रुपमा सफल पार्न सहयोग गर्ने निर्णय समेत गरेको छ।
साथै आर्थिक रुपमा समेत पदाधिकारी तथा सदस्यहरुबाट रकम उठाउदै एकमुष्ठ सहयोग गर्ने भएको छ। बैठक स्थलमा नै नेपालीनेपाली डटकमको बार्षिकउत्सबको लागि १ सय युरो संकलन भएको थियो। समाजका सचिब बिशाल ढुंगानाले अन्य ईच्छुक सदस्यहरुबाट रकम संकलन गरि मिडियालाई एकमुष्ठ हस्तान्तरण गर्ने बताएका छन्।
यस्तै समाजको बिधान बारे आगामी नियमित बैठकमा छलफल गरि अनुमोदन गर्ने निर्णय भएको छ।
बैठकले हालै स्याङ्जा सहयोग समाज स्पेनले बार्सिलोनामा आयोजनामा गरेको फुटबल प्रतियोगीतामा कास्कीले दोस्रो स्थान पाप्त गरेकोमा खेलाडीहरु तथा टोलीको संयोजन गरेका समाजका सचिब बिशाल ढुंगानालाई बधाई तथा शुभकामाना प्रस्ताब पारित गरेको छ। यस्तै समाजका सल्लाहकार सन्दिप मोहन भट्टराई हालै बैबाहिक जीवनमा बाधिएकोमा दाम्पत्य जीवनको शुभकामना समेत ब्यक्त गरेको छ।
समाजको तेश्रो नियमित बैठक अध्यक्ष दिननाथ भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो।