मुस्लिम आयोगसँग सहकार्य गर्न यूएनडीपी इच्छुक

0

काठमाण्डौं – मुस्लिम आयोगका अध्यक्ष समिममियाँ अन्सारीसंग संयुक्त राष्ट्र संघ सहयोग नियोग (यूएनडीपी) अन्तर्राष्ट्रियकी संयोजक सारे नोपले भेटवार्ता गरेकी छन् ।

ललितपुरको जावलाखेलस्थित आयोगको कार्यालय पुगेर नोपले सोमबार भेटवार्ता गरेकी हुन् । भेटमा आयोग र यूएनडीपीबीच सहकार्य गर्ने बिषयमा छलफल भएको थियो । मुस्लिम आयोगका अध्यक्ष समिममियाँ अन्सारीले पिछडिएको मुस्लिम समूदायको शिक्षा, स्वास्थ्य र चेतना बिस्तारको क्षेत्रमा सहकार्य गर्न नोपलसंग आग्रह गरेका थिए ।

उनले ग्रामिण क्षेत्रमा मुस्लिम समूदायको अवस्थाको बारेमा नोपलेलाई अवगत गराएका थिए । मुस्लिम आयोगले समुदायको हकहितको लागि कार्यतालिका बनाएर अगाडि बढ्दै गर्दा यूएनडीपीले चासो राखेको बुझिएको छ अन्सारीले आयोगले छोटो समयमै मुस्लिम बालबालिको शिक्षा, स्वास्थ्य, लैगिक हिंसालगायतका क्षेत्रमा काम गरेको बताएका थिए । नोपलेले भने आयोगसंग सहकार्य गर्न इच्छुक रहेको बताए ।

Leave A Reply

Your email address will not be published.