जनकपुरधाम – प्रदेश २ सरकारको आज बसेको मन्त्रीपरिषद बैठकले बर्षा र बाढी प्रभावित परिवारको राहतको लागि प्रदेश २ का मुख्यमन्त्री सहित राज्यमन्त्री समेतले एक महिनाको तलब बाढी पिडितलाई दिईने निर्णय गरेको छ ।

मन्त्री परिषदको आज बसेको बैठकले राहत, उद्धार तथा पुनःस्थापनालाई तीब्र बनाउने निर्णय गर्दै एक महिना बराबरको तलब राहत कार्यमा लगाउने निर्णय गरेको हो । यसका साथै मन्त्री परिषदले साउन १ गते देखी प्रदेशका सबै मन्त्री, राज्यमन्त्री र प्रदेशसभा सदस्यहरुलाई आ–आफनो क्षेत्रमा गई राहत कार्यमा जुटन आग्रह गरेको छ ।

बाढीले प्रभावित परिवारहरुलाई राहत कार्यमा कुनै कमी हुन नदिन प्रदेशका प्रमुख सचिव दिपक सुवेदीको संयोजकत्वमा सबै मन्त्रालयका सचिव रहने गरि राहत आपूर्ति तथा अनुगमन समिति समेत गठन गरेको छ । उक्त समितिले राहतका लागि आवश्यक सामग्रीको आपूर्ति सहित अनुगनम र निरीक्षण समेत गर्ने छन । प्रदेश सरकारले यस अघि राहत वितरणका लागि प्रत्येक जिल्लालाई पठाएको १० लाख रकमको अनुगमन समेत सोही समितिले गर्ने छन ।