एजेन्सी – प्राविधिक समस्या देखिएपछि भारतले अन्तरिक्ष यानको अन्तिम समयमा आएर प्रक्षेपण रोकेको छ । भारतको अन्तरिक्ष अनुसन्धान संगठन इसरोले प्राविधिक समस्याका कारण चन्द्रयान – २ को प्रक्षेपण रोकेको हो ।

सो यान भारतीय समय अनुसार सोमबार बिहान २ बजेर ५१ मिनोट जाँदा आन्ध्र प्रदेशको श्रीहरिकोटबाट प्रक्षेपण गर्ने तयारी थियो । तर प्राविधिक समस्या देखिएका कारण त्यसको एक घण्टाअघि प्रक्षेपण तत्कालका लागि स्थगित गर्ने निर्णय भएको इसारोले उल्लेख गरेको छ ।

इसरोले चाँडै नै प्रक्षेपणको नयाँ मिति चाँडै नै तय गर्ने ट्वीट मार्फत जनाएको छ । चन्द्रयान – १ को सफलता पछि इसरोले चन्द्रयान – २ मा काम गर्न थालेको थियो ।

चन्द्रयान–२ चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गराउने भारतीय संस्था इसारोको तयारी छ । सो क्षेत्रमा अहिलेसम्म कुनै पनि देशका यान पुगेका छैनन् । चन्द्रयान – २ भारतीय अन्तरिक्ष कार्यक्रमका लागि निकै महत्वपूर्ण मानिएको छ ।