बाढीपहिरो पीडितलाई तत्काल राहत वितरण गर्ने, पुनर्स्थापनाको काम अघि बढाउने

0

मन्त्री परिषद् बैठकको निर्णय

काठमाडौँ – सरकारले अविरल वर्षापछि आएको बाढीपहिरो र डुबानका पीडितलाई तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

पछिल्लो प्रकोपमा ६० जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । यस्तै ३३ जना बेपत्ता भएको र झण्डै १२ सय जनालाई उद्धार गरि सुरक्षित स्थानमा सारिएको सरकारको दाबी छ ।

बाढी, पहिरो र डुवानको समस्या देखिएको चार दिनपछि आइतबार आकस्मिक रुपमा बसेको मन्त्रिपरिषदको बैठकले पीडितलाई राहत वितरणको काममा कुनै कसर नराख्ने निर्णय गर्दै त्यसका लागि काम अघि बढाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो ।

राहत वितरणका क्रममा सरकारको राहत कोषबाट रकम कम भए आफूले थपेर भएपनि पनि राहत वितरण छिटो र चुस्त बनाउने निर्णय गरेको बैठकमा सहभागि एक मन्त्रीले जानकारी दिए। ती मन्त्रीका अनुसार बैठकले वर्षा कारण भत्केका पुलहरु बनाउने निर्णय गरेको छ ।

बैठकले बाढी, पहिरो र डुवानले पुर्‍याएको क्षतिबारे तथ्याङ्क संकलन गरी पीडितको पुनर्स्थापनाको तयारीमा लाग्न पनि सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको छ ।

Leave A Reply

Your email address will not be published.