वीरगञ्ज – वीरगञ्जमा नदीको किनारमा उभिएर सेल्फी खिच्ने एक किशोरको छ । वीरगञ्जको सिर्सिया नदीको किनारमा उभिएर सेल्फी लिने क्रममा रामनारायण पटेलका १५ वर्षीय छोरा अनुजको मृत्यु भएको हो ।

वीरगञ्ज महानगरपालिका– १३ तजारथ टोलमा डेरामा बस्दै आएका अनुज (हिजो)को शनिबार सिर्सिया नदी किनारमा उभिएर सेल्फी लिने क्रममा उनको टोपी खोलामा खसेको थियो । सोही टोपी टिप्ने क्रममा उनलाई खोलाले बगाएर मृत्यु भएको वीरगञ्जस्थित हाम्रा संवाददाताले बताएका छन् ।

नदीले बगाएर मृत्यु भएका अनुजको शव शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाइएको बताइएको छ ।