काठमाडौँ – अविरल वर्षासँगै आएको बाढी पहिरो र डुबानमा परी जनधनको ठूलो क्षति भएको प्रति पूर्वराजा ज्ञानेन्द्र शाहले गहिरो दुःख व्यक्त गरेका छन् ।

उनले यो प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत पूर्वराजा शाहले प्राकृतिक विपद्को पूर्वतयारीमा कमजोरी भएका कारण जनधनको क्षति बढी भएको बताएका छन् ।

उनले आगामी दिनमा क्षति कम गर्न पूर्व तयारी र विपद् व्यवस्थापनको विषयमा गम्भीर बन्न सरकारलाई आग्रह पनि गरेका छन् ।

Gyanendra Shah@Gyanend37593726

Saddened to learn of the loss of so many lives during the recent incessant rains that have created havoc across the nation. A clear example of not being prepared for an annual natural phenomenon. My heart goes out to those who have lost loved ones and property.318:33 AM – Jul 14, 2019 · NepalTwitter Ads info and privacySee Gyanendra Shah’s other Tweets