
–जगन्नाथ कंडेल
हामीलाई यस संसार मा जन्म दिने आमा भगवान भन्दा पनि ठुलो रुपमा मानिने छ । यो पर्ब संसार मै मनाईन्छ तर फरक समय मा यो तिथि नेपाल र हिन्दु ले मात्र नभई अमेरिकन तथा युरोपियन देशमा पनि मानिन्छ ।
आफुलाई जन्म दिने आमा लाइ बैबाहिक भएर टाढा गएका छोरि हरु र विदेश मा पलायन भएका छोरा र छोरि हरु , देशको सरक्षण को लागि खटिएका आर्मी पुलिस तथा सरकारी कर्मचारी को लागि अति दुखदायी को रुपमा आजको दिन लाइ सम्झने गरिन्छ किनकी यो धर्तीमा जन्म दिने आमा लाई केवल सम्झनाको रुपमा मात्र देखेका छन् । आमा पनि त्यही सम्झिएर दुख मानेकी हुनेछिन् ।
तर यथार्थ मा उत्रेर हेर्ने हो भने आमा दुखि हुनु र बिदेशमा भएका छोरा छोरि दुखि हुनु मा निकै अन्तर छ । धन कमाउने र पैसाको बिटो सम्झेर परदेश भित्र छिरेका केहि व्यक्तिले धनको ध्वास देखाउदै आज के गरि रहेका छन् त् …? यो धर्तीमा जन्म दिने आमा जसले सानोमा छदा कति स्यार सुसार गर्नु भयो । हामि रुदा कति पिर मान्नु भयो अनि हामीले दिएको पिडा सम्झेर आमा दुखि होइन खुसि नै हुनु भयो कीनकी आमा ले हामि लाइ आफ्नै सन्तान सम्झनु भयो तर हामीले आमा भनेको के हो र को हो भनी सम्झन सकेनौ ….? तसर्थ आमा लाइ हामीले ब्रिदा आश्रम मा लगेर राखी दियौ ।
आजको दिन मा तिनै आमा लाइ माता तिर्थ औसी रे भनेर कोहि ले सुनायो भने आमा आफ्नो आमा लाइ सम्झेर होइन हामीलाइ सम्झेर रुनु हुन्छ कीनकी मेरो छोरा छोरि हरुले के गरेका होलान भनी… ….आमा लाइ थाहा छ मैले मेरो कोखमा ९ महिना राखेर मैले मेरो फाचो चुसाएको छु । तर छोरा छोरि लाइ त्यो मतलब छैन कीनकी आमाको कर्तब्य हो भनि गलत सम्झिरहेका छन् उनि हरु ले अझै आमा सम्झिएका छैन जब बुढेस काल लाग्छ त्यो अवस्था आउछ अनि सब ख्याल हुन्छ ।
समाज मा यस्ता किसिमका घटना अति देखिएका छन् छोरा छोरि पैसाको लागि आमा बाबु लाइ वृद्आश्रम मा राखी दिने ,अनि वास्ता नगर्ने र फेसबुक र विभन्न किसिमका लेख राखेर गोही का आसु देखाउने यस्तो किसिमले आमाको सम्झना होइनकी आमाको आशु झार्ने काम बढी हुन्छ तसर्थ आज म युबक । युवतिको रुपमा छु तर भोलि म त्यही अवस्था आउनेछ भन्ने कुराको ख्याल अति गर्नु आजको आवस्यकता हो भने स्वर्ग गैसक्नु भएको आमाको सम्झनामा धर्म शास्त्र का अनुसार नै अगर बत्ति बालि दिनु नै उचित हुने छ
आजको दिन लाइ माता तिर्थ को दिन नभनी ३६५ दिन लाइ नै सम्झने प्रयास गर्नु पर्छ अनि मात्र आमाको मन बुझाउन सकिन्छ र उहा को आशिर्बाद ले नै हामि लाइ पुग्छ ।
अरुको पछाडी हिड्दा कहिले सहि बाटो हुन्छ त् कहिले गलत हुन्छ सबैले फेसबुकमा आमाको फोटो अपलोड गरेको देखेर मैले पनि गरे तर मेरो आमाको सम्झनाको लागि होइन मैले लोक लाई देखाउनको लागि हो । मैले आज कल पनि गरिन किनकि समय थिएन तर मेरो आमालाई मैले घरमै राखेर माया दिएको छु भने प्रायजसो सम्पर्क र कुराकानी गरि रहेको छु । त्यहि अनुरुप यहाँ हरुले पनि हजार आमा लाइ माया दिने किसिमले व्यवहार गर्दा आमाको दिल मा सधै घाम छाई रहने छ
समस्त आमा हरुमा प्रणाम ।