–पुष्प थापा
एन आर एन ए अमेरिकाको आगामी २ बर्षे कार्यकालको नेतृत्वको लागी निर्वाचनमा उम्मेवार बन्ने सम्पूर्ण पदका आदरणीय उम्मेवारहरुलाई हार्दिक शुभकामना दिन चाहन्छु। बिगत धेरै दिन देखी एन आर एन ए अमेरिकाको निर्वाचन सम्बन्धित “फेस बुक” सामाजिक संजालमा र पत्र पत्रिकाहरुमा विभिन्न रंग बिरंगिका तस्बिरहरु सहितका धेरै राम्रा अग्रगामी बिचारहरु पढन शौभाग्य पाइयो। विभिन्न उम्मेवारहरुले दिएका तार्किक र समय सान्दर्भिक विचारहरुलाई हामी बिदेशमा रहने सम्पूर्ण गैर आवासीय नेपालीहरुले आत्म साथ सम्मान गर्नु पर्दछ। गैर आवासीय नेपाली संघमा बिधी र बिधानलाई ब्यबस्थित तरिकाले कार्यनवयन गर्ने देखि लिएर गैर आवासीय नेपाली संघलाई गैर राजनीतिक कारणबाट अलग राख्न सकिन्छ। भन्ने बिषयमा गैर आवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय परिषदको कार्य समितीमा सम्म छलफल र बहसको बिषय बनिरहेको समयमा गैर आवासीय नेपाली संघ अमेरिकामा चलिरहेको निर्वाचनले एक उदाहरणीय काम गरी दिएकोछ।

अमेरिकामा रहेर विभिन्न पेशा आबद्ध प्रज्ञाहरूको अगगमनबाट गैर आवासीय नेपाली संघमा सर्वासाधारणहरुको पनि ठुलो ईच्छा र आकांक्षा बढ्नु धेरै राम्रो संकेत हुनसक्छ। यो संघमा प्रज्ञाहरुको खडेरी पर्न लाग्यो भनेर समाचार प्रक्षेपण गर्ने पत्रकारहरुको कलमले अब समाजका प्रतिष्ठित व्यक्तित्वहरु संगमको समायोजनको सस्था भनेर लेख्न बाध्य पारेकोछ। रेस्टुरामा काम गर्ने र अरबमा बैदेशी रोजगारमा संलग्न र बिदेशमा गिनेचुनेका धनिहरु व्यक्तिहरुको प्रतिनिधित्व गर्ने मात्र सस्थाहो भन्नेहरुलाई पनि एन आर एन ए अमेरिकाको निर्वाचनले दह्रो चुनैती दिएको देखिन्छ।

नेपाल सरकारको प्रतिष्टित स्थानमा कार्यसम्पादन गरिसकेका अनुभवी, कर्मट र जुझारु हरु देखी लिएर अमेरिकामै उच्च शिक्षा हासिल गरी प्रतिष्ठित ठाउँमा काम गर्ने नेपाली तथा नेपाली मुलुकका नेपालीहरुको बिचको अतिनै राम्रो नीतिगत लोकतान्त्रिक बैज्ञानिक तरिकाले प्रतिष्प्रधात्मक निर्वाचनमा गैर आवासीय नेपालीहरुको अभिमतले हारजित त पक्का होला। तर पनि निर्वाचनको मैदानमा एक पटकको नेपाली सधैको नेपाली भन्ने साझा नाराको साथ आफ्ना मार्ग दर्शन र दुई बर्षे कार्यकालका योजना र कार्यक्रमहरु लिएर बिशेसज्ञ डाक्टरहरु, बैज्ञानिकहरु, ईन्जिनीरहरु, वकिलहरू, समाज सेविकहरु, कलाकारहरु, साहित्यकारहरु, पत्रकारहरु र प्रतिष्ठित व्यक्तिहरुको समायोजनको लोकतान्त्रिक प्रतिष्प्रधात्मक निर्वाचनले एन आर एन ए को संघठानिक संरचनामा केही सुधारका संकेत सहित सबै क्षेत्रका नेपाली र नेपाली मुलुकका गैर नेपालीहरुलाई प्रोहत्सान गरिरहेकोछ।

वर्तमान एन आर एन ए अमेरिका को नेतृत्व नै एक सुपर वकिलले गरेको अवस्था भएकोले सबै प्रज्ञाहरुलाई एन आर एन ए अमेरिकामा प्रेरणादायिक ईच्छा र आकांक्षा उत्पन्न हुनु अति नै स्वाभाविक बिषय भएको देखिन्छ। बिगतका दिनहरुमा अमेरिकामा रहेन गैर आवासीय नेपालीहरु गैर आवासिय नेपाली संघमा न्यून सहभागीयता रहेको देखिदै आएकोथियो।यस पटकको सहभागीयाताले संसारका अरुदेशहरुमा बस्ने गैर आवासीय नेपालीहरुलाई पनि संघको महत्वको बारेमा धेरै चासो र उत्सुकता बढेकोछ।

गैर आवासीय नेपाली संघको स्थापन काल देखिनै नेपाली र नेपाली मुलुकका गैर नेपाली महिलाहरुको पातलो उपस्थितीले गैर आवासीय नेपाली संघमा जती महिलामय बनाउन खोज्दा पनि पुरुषहरुको मात्र हालीमुहाली कायम रहेकोछ। संघका अग्रज तथा अभियान्ताहरुले गैर आवासीय नेपाली संघमा महिलाहरूलाई बिशेष स्थान सहित महिला प्रतिनिधिको व्यवस्था गरिएकोछ। तर पनि महिलाहरुलाई संघ प्रतिको जागरण गर्ने काम भने धेरै न्यून भएको बिगतका दिनहरुले देखाउछ। महिलाहरुलाई कार्यक्रमको स्थान स्रिङ्गार, सजावट र अथितिहरुको स्वागत सम्ममा सिमीत राख्ने चलनले नेपाली महिला एन आर एन ए प्रति सकारात्मक सोचका साथ पुरुषको तुलनामा धेरै कम सहभागी रहको देखिन्छ। तर यस पालिको एन आर एन ए अमेरिकाको निर्वाचनले पाखा, पदेरा, हिमाल, पहाड, तराई वा नेपालको गाउ सहर जहा सुकै बाट अमेरिका आए पनि नेपाली मनका नेपाली चेलीहरु नेपालमा शान्ति र देशको समृद्धीका लागी एन आर एन ए जस्तो गरिमामय सस्थामा आबद्ध भएर नेपाल र नेपालीको सेवाको लागि अग्रसर रुपमा नेतृत्व देखि लिएर सबै पदका प्रतिनिधिहरु सित सिधा पुरुषहरु सित प्रतिष्प्रधाको मैदानमा एकै साथ उम्मेवार भएर उभिएकाछन। आगामी एन आर एन ए को अरु निर्वाचनहरुमा पनि यस्तै महिलाहरुको सहभागीयताले राम्रो स्थान पाउने आशा संघले गर्ने देखिन्छ।

गैर आवासिय नेपाली संघमा अमेरिका र अष्ट्रेलियामा देखा परेको जागरुकतालाई हेर्दा संघमा धरातलीय बिकाश हुनै लागेको भन्ने हामी सबै गैरआवासीय नेपाली संघमा आबद्ध नेपालीहरुलाई आभास हुने गर्दछ। एक दशक भन्दा पनि पहिले लण्डनमा गैर आवासीय नेपालीहरुले संघको स्थापन गरेको थियो। गैर आवासिय नेपाली संघको ईतिहासका पन्ना पल्टाउदा युरोप नै एन आर एन ए को उद्गम बिन्दु भएको र योजना र कार्यक्रम हरुको पनि यही बाट विस्तार हुदै जादा संसारको कुना काप्च्चामा रहने सम्पूर्ण नेपालीहरु गैर आवासीय नेपाली संघमा आबद्ध भएको भेटिन्छ।

तर युरोपका बिभिन्न देशहरुमा गैर आवासीय नेपाली संघको निर्वाचमा भएको बिबादले संघको सस्थागत बिकासमा अलि ढिला सुस्ती हुदै गएको देखिदै गर्दा अमेरिका र अष्ट्रेलियामा देखा परेको उत्शुक्ता र गैर आवासीय नेपाली संघ प्रति देखाएको जागरणले संघका अग्रज र अभियन्ताहरुलाई धेरै प्रेणादायिक उर्जा मिल्ने स्पष्ट देखिन्छ।

गैर आवासीय नेपाली संघलाई विस्तार गर्न एउटा अभियानको रुपमा अघि पढाएकोले अहिले सम्म करिव ३५ लाख नेपालीहरु सार्क राष्ट्र भन्दा बाहिरका ७० देशहरुमा संघको विस्तार गर्न सफल भएकोछ। तर संघले अभियानलाई नेपालीहरुको धरातल सम्म पुराउने संकल्प नबनाएकोले ३५ लाख नेपालीहरु गैर आवासिय नेपाली भए पनि संघको पंजीकृत सदस्य लिएर बिधिबत तरिकाले आबद्ध छैनन। यस बिषयमा संघका अग्रजहरु र अभियन्ताहरुले राम्रो संग ध्यान दिएर सोच्ने समय आएकोछ।

गैर आवासिय नेपालीहरु धेरै महत्व आकांक्षी हुदा हामी बिच एकता,अखण्ड र सकारात्मक सोचको अभावले सामाजिक सहमतिलाई विमतिमा परिणत गर्दै लोकतान्त्रिक मूल्य मान्यतालाई अलोकतान्त्रिक ढंगले प्रस्तुत गर्दा संघको धरातलीय सस्थागत बिकासलाई ठुलो असर पुराउदै आएकोछ।

बैदेशिक रोजगारमा कार्यरत तमाम नेपालीहरुलाई परेको समस्याहरुलाई ब्यबस्थापन सम्बन्धित बैदेशिक रोजगार दाता देश र नेपाल सरकार बीचमा हुने पारस्परिक सम्झौता समयमा नहुदा बैदेशिक रोजगारमा कार्यरत नेपालीहरु ठुलो मर्कामा परेकाछन। नेपाली दुताबास नभएका देशहरु पनि नेपालीहरु बैदेशिक रोजगारमा कार्यरतछन। यस्तो अबस्थामा गैर आवासीय नेपाली संघ मात्र नेपाली कामदारहरुको साहाराको माध्यम बन्दै आएकोछ। तर बैदेशिक रोजगार दाता देश र नेपाल सरकारसित राम्रो समन्वय नभई गैर आवासीय नेपाली संघले एक्लै केहि पनि गर्न सकिदैन। त्यसैले बैदेशिक रोजगारलाई ब्यबस्थित बनाउन र कामदारहरुको हक, अधिकार र सुविधाहरुलाई सुनिच्श्चित गर्न सम्बन्धित निकाय सित पहल गर्न गैर आवासीय नेपाली संघको मुख्य कर्तब्य पूर्ण जिम्मेवारी हुनआउछ। तव मात्र बैदेशिक रोजगारमा कार्यरत सम्पूर्ण नेपालीहरुको गैर आवासीय नेपाली संघ प्रति भर विश्वास हुनसक्छ।

प्रबास पनि नेपाली राजनीतिक पार्टीका भात्रिसंघठनहरु गुट र उपगुटहरु औपचारिक रुपमा धेरै सक्रियछन। जसको बैचारिक कारणले गर्दा फरक विचार राख्ने गैर आवासिय नेपालीहरुको समाजलाई बिभाजनको दिशा तिर लागिरहेकोछ। आ आफ्नो स्वार्थमा प्रेरित नेपाली राजनीतिक नेताहरुले नेपाली नेपालीहरुमा जातिबादको बिभाजन गरेको असरले एक जातिको नेपालीलाई अर्को जातिको नेपालीले घृणात्मक दृष्टिले व्यवहार गर्दा हाम्रो नेपाली समाज प्रबासमा पनि बिभाजनको दिशा तिर दौडीरहेकोछ। क्षेत्रको हिसाबले गरिने ब्यबहारले गर्दा अर्को क्षेत्रको नेपालीको मनमा आघात पुग्ने गर्दछ। माथि उल्लेखित तिन बिषयहरुले गैर आवासीय नेपालीहरुलाई एकताको सुत्रमा एकतृत गर्नु भन्दा विभाजनको दिशामा अगाडी धकेल्दै लागिरहेको बिषयमा नेपाली समाजमा प्रत्यक्ष देख्न र भोग चनल गर्न पाईन्छ। यिनै बिषयहरुलाई सामाजिक संजाल र पत्र पत्रिकाहरुमा धेरै पढन पनि पाईन्छ। गैर आवासीय नेपालीहरुमा पनि नेपालको फोहरी राजनीती,जातीबाद र क्षेत्रीयताको गहिरो प्रभावको असरले प्रबासमा पनि ठुलो भूमिका खेल्दो रहिछ भन्ने प्रमाण एन आर एन ए को विभिन्न तह क्षेत्रको अधिबेसनमा प्रत्यक्ष रुपमा संलग्नता भएको देखिन्छ।

गैर आवासीय नेपाली संघ अमेरिका निर्वाचनले सम्पूर्ण प्रबासमा रहेकका नेपालीहरुले नेपालको हितको लागी नेपालीहरुको बिचमा एकता अखण्डता, शौष्णुता र देश प्रतिको माया, ममता,आपसी समझदारी,भाईचाराको गहिरो र बलियो सम्बन्धले नेपालको विकास र नेपाललाई समृद्ध देश बनाउन सकिन्छ भन्ने सकारात्मक संदेश दिन सकिन्छ। थापा एन आर एन ए जर्मनीका प्रमुख संरक्षक र निवर्तमान अध्यक्ष पनि हुन।