काठमाण्डौं – कांग्रेस केन्द्रिय कार्यसमितिको बैठक आज बस्दैछ । आजको बैठकका लागि रणनिति तय गर्न सभापति शेरबहादुर देउवा पक्षको बैठक हिजो डाक्टर शशांक कोइरालाको निवासमा बसेको थियो ।

उनीहरुले चाडै महाधिवेशनमा जानका लागि सभापति देउवालाई दबाव दिन थालेका छन् । नियमित महाधिवेशन फागुनमा हुनुपर्ने भएपनि त्यो सम्भव नदेखिएकाले जेठदेखि असार सम्ममा गर्न सकिने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको प्रस्ताव छ ।

नेता पौडेल पक्षको अडानपछि १४ औं महाधिवेशनलाई पनि छलफलको एजेन्डा बनाईएको छ ।