-हुकुमबहादुर सिंह
माक्र्सवाद विरोधी प्रवृतिहरूमध्ये एउटा अति नै महत्वपूर्ण ट्राट्स्कीवाद थियो, जसलाई यसका जन्मदाता लियोन ट्राट्स्कीको नामबाट राखियो । ट्राट्स्की रसियन सोसलिष्ट डेमोक्रेटिक लेवर पार्टीको सदस्य थियो, जसले बोल्सेविकहरू र मेन्सेविकहरूबीच विभाजन हुने समयमा मेन्सेविकहरूको पक्ष लिएको थियो ।
पछि गएर उसले दुवै बोल्सेविक र मेन्सेविक प्रवृतिबाट बेग्लै एउटा ब्लक गठन गर्ने कोसिस
ग¥यो र आफूलाई ‘मध्यपन्थी’का रूपमा प्रस्तुत गर्ने कोसिस समेत ग¥यो, जसले दुवै समूहहरूलाई एकताबद्ध गर्न सक्थ्यो । फेब्रुअरी क्रान्तिको सफलतापछि उसले उसका गल्तीहरूका लागि आत्मालोचना ग¥यो र बोल्सेविक पार्टीमा समाहित भयो त्यसपछि उसलाई केन्द्रीय समितिमा ल्याइयो । अक्टोवर क्रान्तिपछि उ विदेश विभागको कमिसार थियो (१९१७–१९१८) र सैनिक र नेभल विभागको कमिसार भयो (१९१८–१९२४), जुन पदबाट उसलाई उसका अवसरवादी र गुटवादी क्रियाकलापहरूका लागि दोषी पाइयो र पदबाट हटाइयो ।
ट्राट्स्कीवादका विशिष्ट तीनवटा विशेषताहरू छन्, जसलाई स्तालिनद्वारा उनको ट्राट्स्कीवाद वा लेनिनवादमाथिको भाषणमा बुँदागत रूपमा निम्नअनुसार प्रस्तुत गरिएको थियो ः प्रथम निरन्तर क्रान्तिको सिद्धान्त, द्वितीय बोल्सेविक पार्टी सिद्धान्तहरूप्रति यसको विरोध हो र तृतीय यसको बोल्सेविक नेतृत्वका विरूद्धको वारम्वारको झुटा प्रचार थियो ।
यस लेखमा ट्राट्स्कीवादको पहिलो विशेषता– उसको निरन्तर क्रान्तिको सिद्धान्तबारे संक्षिप्त चर्चा गर्ने प्रयास गरिने छ । माओले पनि निरन्तर क्रान्तिको आवश्यकता र महत्वको कुरा गरेका छन् भने ट्राटस्कीवादले पनि गरेको छ । तर यी दुई विपरीत धाराको प्रतिनिधित्व गर्दछन् ।
ट्राटस्कीवाद माथि नै भने झै माक्र्सवाद विरोधी प्रवृतिहरूमध्ये एउटा अति नै महत्वपूर्ण प्रवृति हो भने माओवादी माक्र्सवादको विकसित चरण हो ।
ट्राट्स्कीवादी सिद्धान्त अनुसार, ट्राट्स्कीको प्रस्ताव थियो कि किसानको सहयोग नलिइकन सर्वहाराले क्रान्तिको पुँजीवादी चरणबाट समाजवादी चरणतर्फ छिटो छिटो बढनु पर्छ । उसले यसरी सर्वहारा र किसानको अधिनायकत्वको कुनै पनि कुराको विरूद्ध थियो । उ यसरी सर्वहाराको सबैभन्दा भरपर्दो र बलियो साथी किसानको भूमिकालाई इन्कार ग¥यो ।
यो सिद्धान्त जुन धेरै ‘वाम’ जस्तो देखिन्छ वास्तवमा सारमा त्यसको अर्थ क्रान्तिको धोका हो किनभने किसानबिना सर्वहाराका लागि सफलताको कुनै आशा थिएन र क्रान्ति निश्चित रूपले असफलतामा टुंगिने बाध्यता हुन्थ्यो । यो सिद्धान्तको अर्को पक्ष थियो कि विकसित पुच्यस्ँजीवादी देशहरूमा क्रान्ति समाजवादी निर्माणका लागि आवश्यक थियो ।
उसको निरन्तर क्रान्तिको सिद्धान्त विश्व क्रान्तिको एउटा सिद्धान्त पनि थियो, जसले प्रस्ताव गरेको थियो कि यद्यपि क्रान्ति एउटा रसियन आधारमा सुरू हुनेछ, क्रान्तिकारीहरूले यसलाई तुरून्तै अन्य देशहरूमा फैलाउनका लागि कार्य गर्नु पर्दछ । फेरि यो प्रस्ताव धेरै ‘वाम’जस्तो देखिन्छ तर वास्तवमा त्यसको अर्थ एउटा धेरै हरूवा बुझाइ जसले एउटा देशमा समाजवादको निर्माणको सम्भावनाको विरोध गर्दथ्यो ।
लेनिनले १९०५को क्रान्तिको लगत्तैको अवधिमा जब ट्राट्स्की बोल्सेविक प्रवृतिको एउटा हिस्सा थिएन, त्यसमा देखिएको यो माक्र्सवादविरोधी सिद्धान्तको तुरून्तै विरोध गरे । यद्यपि जव ट्राट्स्कीले बोल्सेविक पार्टी ज्वाइन ग¥यो, र यसको एक जना नेतृत्वदायी सदस्य भयो । यो विभिन्न तरिकाले पार्टीभित्र देखियो र अक्टोवर क्रान्तिपछि विभिन्न विन्दुहरूमा यसका विरूद्ध लडाइ लडनु परेको थियो ।
क्रान्तिपछि लगत्तै भएको जर्मनसितको शान्ति सम्झौताको दौरानमा भएको पहिलो घटना थियो । ट्राट्स्कीले उसको सिद्धान्तका आधारमा युद्धलाई निरन्तरता दिन चाहन्थ्यो किनभने उसले महसुस गरेको थियो कि यसले जर्मनीमा क्रान्तिकारी परिस्थिति ल्याउन र जर्मनीमा क्रान्तिको सफलताका लागि यसले मद्दत गर्ने छ । जर्मनी एउटा विकसित पुँजीवादी देश भएकाले रसियन क्रान्तिको एकतावद्धताभन्दा त्यो ज्यादा महत्वपूर्ण थियो । लेनिन र स्तालिनले जोडदार रूपले यो तर्कलाई विरोध गरे, तर यो बुझाइलाई बहसमा ल्याएर पराजित गर्न एउटा विशेष सातौ कंग्रेस आयोजना गर्नु पर्ने भयो ।
यो सिद्धान्तको अर्को एउटा उदाहरण नयाँ आर्थिक नीति लागू गर्दा ट्राट्स्कीको विरोधको लडाइँका विरूद्ध थियो । किसानसित मित्रताको एउटा विरोधी हुनुले उसले अनुभूति ग¥यो कि यो केही पनि थिएन, केबल एउटा प्रतिगमन थियो । उसले समाजवादी निर्माणको लागि जमिनको तयारी गर्न यो मित्रतालाई बचाएर राख्नुको आवश्यकता स्वीकार गरेन । फेरि यो बुझाइका विरूद्ध लडनु पर्ने थियो र दशौं पार्टी कंग्रेसमा यो विचार पराजित भयो ।
तेस्रो उदाहरण समाजवादी औद्योगिकीकरणतर्फको फकाईको समयमा थियो । त्यो समयमा ट्राट्स्कीले अन्य तत्वहरूसित एकतावद्ध भएर प्रस्ताव ग¥यो कि एउटा देशमा समाजवादको निर्माण असम्भव थियो । ट्राट्स्कीको ‘निरन्तर क्रान्ति’ र ‘विश्व क्रान्ति’मा आधारित यो प्रस्तावसम्बन्धी बुझाइको अर्थ समाजवादी निर्माणतर्फको एउटा हरूवा र अवसरवादी पद्धति हुन सक्थ्यो जसले विकसित पुँजीवादी देशहरूमा क्रान्तिको सफलतामा रसियामा समाजवादको सफलताको तथाकथित आधार हुन सक्दथ्यो । स्तालिनले १९२५ मा भएको चौधौं पार्टी कंग्रेसमा यो बुझाइका विरूद्ध पार्टीलाई एकताबद्ध गरे ।