काठमाडौं – सरकारले तरकारी र फलफूलमा विषादी अवशेष द्र्रूत विश्लेषण प्रयोगशाला सञ्चालनमा ल्याएको चार वर्षभन्दा बढी भयो । तर ती प्रयोगशाला प्रभावकारी बन्न सकेका छैनन् ।

विषादी मात्रा परीक्ष गर्ने मेसिन र प्रविधि छ तर जनशक्तिको अभाव छ । जसका कारण भारतबाट निर्वाध रुपमा विषादी मिसिएका तरकारी र फलफूल आउने गरेका छन् । 

नेपालकै किसानले उत्पादन गरेका तरकारी र फलफूलमा पनि विषादी परीक्षण हुन सकेको छैन । झापाको बिर्तामोड, सर्लाही, रुपन्देही, वीरगञ्ज, नेपालगञ्ज र महेन्द्रनगरको गड्डाचौकीमा रहेका प्रयोगशाला देखाउने दाँत मात्रै भएका छन् ।