धरौटीमा रिहा भइन् ‘धर्तीमाता’

0

काठमाण्डौं – काठमाडौंको भद्रकाली मन्दिर परिसरमा युवतीलाई यातना दिने ‘धर्तीमाता’ भनिने विष्णु कुँवर रिहा भएकी छिन् । उनी यही असार १३ गते बालाजु क्षेत्रबाट पक्राउ परेकि थिइन् ।

महानगरीय कुँवरमाथि अभ्रद्र व्यवहार र मानहानीको दुईवटा मुद्दा चलाइएको प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए । कुँवर ३० हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएकी हुन् । कुँवरले कैयौं मानिसको भीडको बीचमै एक युवतीलाई बोक्सी लागेको भन्दै यातना दिएकी भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।

Leave A Reply

Your email address will not be published.