नयॉ बर्ष २०७२ को उपलक्ष्यमा नेपाली समाज वेल्जियमको आयोजनामा गत १३ अप्रिल सोमबार २०१५ शुभकामना आदान-प्रदान,खान पिन तथा बिबिध अनौपचारिक कार्यक्रम आयोजना गरी भब्य रुपमा मनाइएको छ ।
सयाैका संख्यामा उपस्थित वेल्जियमको अाप्रवासन मन्त्री थेवो फ्रान्कन , फेडरल सांसद तथा वेल्जियमको NVA पार्टीका केन्द्रीय कोषाध्यक्ष पेटर द रोभर र डाक्टर योलिन भान क्याम्प , फलामिस संसदका सांसद द्वय पेटर द रोभर र १९८० दशककी चर्चित नायिका तथा सांसद मानुयला भान देवेद लगायत करिव दर्जन मेयर तथा उपमेयरहरू , अोसिएएका प्रमुख तथा उपप्रमुखहरू लगायत विशिष्ट गन्य मान्यहरूको सामूहिक उपस्थिती वेल्जियम स्थित प्रायश नेपालीहरूको भब्य उपस्थिति हेर्दा लाग्थ्यो बेल्जियमका भिआइपी सहित मनाइएको त्यो उत्सव पहिलो हो । बेल्जियमका अाप्रवासन मन्त्री थेवो फ्रान्कनको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा उपस्थित सबैलाई नेपाली समाज वेल्जियमका संयोजक तथा NVA पार्टीका क्षेत्रीय सदस्य कृष्ण रेग्मिले स्वागत गरेका थिए ।
तपाईंको कार्यक्रममा नेपाली दुताबासको उपस्थिती खैत ? कि बोलाउनु भएन ? भन्ने जिग्याँसामा नेता रेग्मिले धेरै दु:ख मान्दै भने,-”सर किन नबोलाउनु नि, वेल्जियमका नेपाली महामहिम राजदुतलाई पचासौ पटक फोन गरियो , दर्जनौ ईमेल गरियो , भाईवरमा मेसेज छोडियो , मेसेज हेरिवक्सन्छ होला पक्कै , उहांको उपस्थिती गत साल पनि भएन , यस साल पनि हुने भएन । साह्रै दुखित छौ महामहिम राजदूत श्री राममणी पोखरेल ज्यूसंग ! हाम्रो भावनालाई कदर त उहाबाट भएन कमसेकम् शुभकामना सन्देश त पठाउदा राम्रै हुन्थ्यो होला, त्यो पनि भएन । बेल्जियमका भिआइपी बिच उहाको उपस्थितिले राम्रै सन्देश दिन्थ्यो होला । … हामी महोदयको आगमनको व्यग्र प्रतिक्षामा थियौ । महोदयको काम, कर्तव्य र अधिकारको प्रश्न त हामीले उठाउने हैसियत राख्दैनौ अपितु अविभावकको खोजी यस्ता कार्यक्रममा गर्नु अपराध पनि होईन होला नी ? कसो हो?”
उक्त उत्सवको मुख्य जोड नेपालीहरुवीचको हार्दिक एकतालाई अटुट र अबिछिन्न बनाइ राख्नु,बेल्जिक र नेपाली समुदाय बिचको साँस्कृतिक,बैचारिक र सामाजिक अन्तर्घुलन प्रकृयालाई सहजिकरण गर्न मद्धत गर्नु, नेपाल र नेपालीलाइ वेल्जियमको समाजमा स्थापित गराउनु र नेपाली समाजलाई यहाँको राज्ययन्त्रसँग नजिकबाट परीचित गराउनु रहेको आयोजक रेग्मिले मन्तब्यको क्रममा प्रस्ट परेका थिए । कार्यक्रममा सबै बेल्जिक भि आइ पि हरुलाई आयोजकले नेपाली टोपी लगाइदिएर स्वागत गर्दाको द्रीश्य हेर्न लायक थियो ।
कार्यक्रमको भिडियो पनि हेर्नुस् :
https://www.youtube.com/watch?t=17&v=5oB2LPS86oY