काठमाडौँ – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबिच आइतबार भेटवार्ता हुँदैछ । पार्टीको राजनीतिक प्रतिवेदन र एकताको बाँकी प्रक्रियाबारे छलफल गर्न दुई नेता भेट्न लागेका हुन् ।
प्रधानमन्त्री समेत रहेका ओली र प्रचण्डबिच बालुवाटारमा हुने छलफलमा पार्टीको आन्तरिक मजबुदीका विकल्पहरुसँगै पछिल्लो राजनीतिक परिवेशबारे पनि छलफल हुने बुझिएको छ ।
सरकारले भारतबाट आयात हुने तरकारी तथा फलफुलका विषादीको मात्रा जाँच गर्ने निर्णय भारतको आग्रहमा फिर्ता लिएको र त्यसका कारण उब्जिएको विरोधका बारेमा पनि दुई नेताबिच छलफल हुने सम्भावना छ ।
राजनीतिक प्रतिवेदन र पार्टी एकता प्रक्रियाबारे कुरा मिलाउन दुई नेताबिच भएका पछिल्ला दुई छलफल निष्कर्ष बिहीन बनेका थिए ।