बेल्जियममा नेपाली नयाँं बर्षको धमाका !!!

0

चारदिशा सम्वाददाता,बेल्जियम
नेपाली नयॉ बर्ष २०७२ को उपलक्ष्यमा नेपाली समाज वेल्जियमको आयोजनामा १३ अप्रिल सोमबार २०१५,बेलुका ७ बजेबाट Nationalestraat 38-40, 2000 मा शुभकामना आदान-प्रदान,खान पिन तथा बिबिध अनौपचारिक कार्यक्रमको आयोजना हुन गैरहेको छ।
बिगतका बर्षमा जस्तै यस बर्ष पनि नेपाली समाज वेल्जियमको आयोजनामा उक्त कार्यक्रमको आयोजना हुन लागेको हो । नयॉ बर्ष शुभकामना आदान प्रदान पश्चात खान-पिन समेत समावेश गरी समितीले कार्यक्रमलाई रोचक ढंगले प्रस्तुत गर्न लागेको जनाएको छ ।
कार्यक्रममा सहभागी हुन बेल्जियमका मन्त्री देखी सांसदहरु तथा मेयर -उपमेयरहरुको कन्फरमेशन भटाभट प्राप्त भैरहेको आयोजकले जनाएको छ । आयोजकले यस पटकको कार्यक्रम गतशालको भन्दा अझ भब्य र एेतिहासिक हुने अपेक्षा राखेको देखिन्छ। पार्टी सभापति वार्थ दे वेभर [जो अान्त्रोपेन महानगरका मेयर पनि छन , फेडरल संसद सदस्य पनि छन वेल्जियमको अहिलेको राजनीतिको संचालक यिनै हुन] अर्का आन्त्रोपेन शहरकै उपमेयर हुन लुडो भान क्याम्पेन हाउट लगायत ६ नगरका मेयर-ऊपमेयरहरुको उपस्थित हुने उक्त कार्यक्रममा वेल्जियमका शरणार्थी तथा अाप्रवासन र सामान्य प्रशासन मन्त्री थेवो फ्रान्कन प्रमुख अतिथी रहने छन ।
आयोजकले भनेको छ, ”त्यो कार्यक्रममा नेपाली राज्दुतलाई समेत आमन्त्रण गरिएको छ । साथै उक्त शुभकामना आदनप्रदान कार्यक्रममा नेपाली समाजका संधसस्थाहरुका प्रतिनिधीहरु , स्थानीय राजनैतिक दलका प्रतिनिधीहरु , विभिन्न शहरका मेयरहरु , फलामिस तथा कामर र सिनेटका सांसदहरु अतिथीका रुपमा सहभागी हुने हुँदा कार्यक्रम रोचक हुनुको साथै महत्वपूर्ण हुने छ। ”
त्यसको मुख्य जोड नेपालीहरुवीचको एकतालाई कायम राख्नु,बेल्जिक र नेपाली समुदाय बिचको साँस्कृतिक,बैचारिक र सामाजिक अन्तर्घुलन प्रकृयालाई सहजिकरण गर्न मद्धत गर्नु, नेपाल र नेपालीलाइ वेल्जियमको समाजमा स्थापित गराउनु र नेपाली समाजलाई यहाँको राज्ययन्त्रसँग नजिकबाट पारीचित गराउनु रहेको बुझिएको छ ।

Leave A Reply

Your email address will not be published.