काठमाण्डौं – काठमाडौंमा केहीबेर अघि भूकम्कको धक्का महसुस भएको छ ।

दिउँसो ४ः१५ बजे धक्का महसुस भएको हो । भुकम्पको धक्का पछी मानिसहरु खुल्ला ठाउँं तिर भागदौड गरेका थिए । भुकम्पको ब्रीस्तित बिबरण आउन बाँकी छ ।

भूकम्पपछि काठमाडौंबासी सडकमा निस्किएका छन् । भूकम्प करिब १० सेकेण्डसम्म महसुस गरिएको थियो । भूकम्प कति रेक्टर स्केलको हो भन्ने खुलेको छैन । भूकम्पको ठूलाे धक्का महसुस भएकाेले केन्द्रविन्दु राजधानी आसपास नै भएको अनुमान गरिएकाे छ । थप विवरण आउन बाँकी छ ।

भूकम्प आउनुअघि राजधानीमा मुसलधारे वर्षा समेत भएको थियो । अहिले पनि वर्षा भइरहेको छ ।