एजेन्सी – नाइजेरियाको मध्य क्षेत्रमा इन्धन लिएर गुडिरहेको पेट्रोल गाडी दुर्घटनापछि भएको विस्फोटमा परी कम्तीमा ४५ जनाको मृत्यु भएको नाइजेरियाको आपतकालीन सेवा कार्यालयले जनाएको छ ।
पेट्रोल गाडी सडकमा ढलेपछि त्यसबाट चुहेको इन्धन जम्मा गर्न सडकमा भेला भएका नागरिकहरूको दुर्घटनामा मृत्यु भएको हो ।
उक्त ट्रक नाइजेरियाको बेनु राज्यस्थित ओहुम्बे गाउँमा दुर्घटनाग्रस्त भएको थियो ।
सडक सुरक्षामामिला हेर्ने संघीय आयोगका कमान्डर अलियुबाबालाई उद्धृत गर्दै एएफपीले जनाएअनुसार ४५ मृत शरीरलाई घटनास्थलबाट निकालिएको छ भने कम्तीमा सय घाइतेलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।
अधिकांशको शरीरका भागहरू जलेका र मृतकको सङ्ख्या बढ्नसक्ने जनाइएको छ । मृतकमध्ये एक गर्भवती महिला र कम्तीमा दुईजना साना केटाकेटीहरू रहेका छन् ।
बताइएअनुसार घटनास्थल नजिकैबाट एउटा बस पास हुने क्रममा बसको इन्जिनबाट निस्केको आगोका झिल्काका कारण आगलागी भएको थियो । घटनामा एउटा सडक छेउमा रहेको घर पनि जलेको थियो ।