• सुवास गुरुङ, वेल्जियम। 

नेपालमा रि-चह्मी कै पिवा अर्थात चेलीबेटी खाना खुलाउने कार्यक्रम मंसिर महिनामा गरिने चलन छ। किनकि हामी ग्रामिण भेगमा बसोबास गर्नेहुदा बर्षै भरी खेतपातीमा ब्यस्त रहने हुदा त्यस महिनामा सबै बालिनालि भित्राएर फुर्सतीत महिनामा आफु भन्दाटाडा विवाह बारी गरी तथा बसाइ सरी गाउ घरबाट टाढा टाढा बसोवास गर्ने आफ्ना चेलीहरुलाई घरमा बोलाएर खानापिना सरसम्मानका साथ राख्ने चलन छ।

त्यो मात्र नभइ यसका मुख्य उद्धेश्य आफनो छोरा छोरीहरुलाई आफनो थर,गोत्र ,नातागोता सम्बन्धी जानकारी गराउने अभिप्रायले यस चेलीबेटी पर्वलाई हिजोका कालखण्ड देखी नै चली आएको एक महत्वपूर्ण पर्वको रुपमा मनाइ रहेको छ। त्यसतै बेल्जियममा पनि तमु समाज बेल्जियमले,बेल्जियम भरि छरिएर बसोबास गर्दै आएका तमु चेलीबेटीहरूलाइ यस दिन एकै ठाउमा उपस्थित गराइ एकअर्कामा दु:ख सु:खका कुराहरु व्यक्त गरुन र त्यदिन सबै दु:खहरू बिर्सेर सम्पुर्ण तमु चेलीहरू एकसाथ खानपिन,नाचगान गर्दै बिदेशमा पनि तमु संस्कृत झल्कने उद्धेश्यले यस कार्यक्रमलाइ समाजले निरन्तरता दिदै आएको छ ।

उक्त कार्यक्रम तमु समाज बेल्जियमका अध्यक्ष श्री जीबन तमुको अध्यक्षतामा सम्पन्न भएको थियो,प्रमुख अतिथि संघिय लोकतान्त्रिक गन्तन्त्रण नेपालका सभासद श्री धनराज गुरूगं ज्यू बिशेष अतिथि ब्रिटिश गोर्खा आर्मीका मेजर डा. श्री सुदिप गुरूगं ज्यू, उपस्थित चेलीहरू मध्य जेष्ठ तमु चेली श्री पुर्ण कुमारी तमुस्यो ज्यूलाइ प्रमुख अतिथि ज्यूबाट खादा ओडाइ सम्मान गर्नुका साथै शुभकामना मन्तब्य पनि राख्नु भएको थियो। कार्यक्रमको समापन अध्यक्ष श्री जीबन तमु ज्यूले गर्नु भएको थियो भने कार्यक्रम संचालन महासचिब शुभाष तमुबाट भएको थियो। उक्त कार्यक्रममा पुर्ब अध्यक्ष ज्यूहरू पुर्ब उपाध्यक्ष ज्यू पुर्ब महासचिब ज्यूहरू ,पुर्ब सचिब र सल्लाकारज्यूहरू को पनि उपस्थिति थियो।

viber image

199f56ef2d27fdd9ab7929f89044d7ddf47fdc97dce383fbd55ceaec5b245cfc