डेनमार्कका पूर्व प्रधानमन्त्री बिदाईपछि झोला बोकेर घर फर्किए

0

एजेन्सी – आफ्नो चार वर्षे कार्यकाल पुरा गर्दै डेनमार्कका प्रधानमन्त्री लार्स लोकी रस्मोशेन घर फकिएका छन् । २०१५ मा डेनमार्कको २५ औं प्रधानमन्त्रीमा निर्वाचित भएका लार्स बिहीबार प्रधानमन्त्रीको सरकारी कार्यालय छाडेका हुन् ।

आफ्नो कार्यकालको ३ वर्ष ३ सय ६४ दिन पुगेपछि लार्सले प्रधानमन्त्री निवास छाडेका हुन् । आफु प्रधानमन्त्री हुनु निकै भाग्यको कुरा भएको बताउँदै लार्सले ४ वर्षसम्मका सहयात्री र सहयोगीहरुलाई धन्यवाद समेत लिएका छन् ।

कार्यकाल सकिएपछि निवास छाडेका लार्सले एउटा झोला मात्र बोकेर बाहिरिएका थिए । सामान्य रुपमा निवास छोडेर बाहिर निस्केको तस्विर उनले सामाजिक सञ्जालमा समेत राखेका छन् । यतिबेला उनको उक्त तस्बिर भाइरल बनेको छ ।

निकै सरल तरिका र सुरक्षाकर्मीबिनै लार्सले निवासबाट बिदा भएको भन्दै उनको विश्वभर चर्चा भईरहेको छ । नेपालमा निवर्तमान प्रधानमन्त्रीहरुले सरकारी निवास छाड्दा गाडी, सरकारी सामान, सुरक्षाकर्मीसहित आफुसँगै लैजाने परम्परा छ ।

लार्स यसअघि पनि बेला बेला निकै चर्चा आउने गरेका व्यक्ति हुन् । यसअघि उनले फ्रान्सेली आगन्तुकलाई साइकलमा सहर सयर गराएपछि पनि उनको निकै चर्चा चलेको थियो । लार्सले फ्रान्सेली राष्ट्रपति इमानुल माक्रोँ र उनको टोलीलाई साइकलमै राजधानी कोपनहेगन भ्रमण गराएका थिए । उनीहरूले करिब एक घन्टा साइकल सयर गरेका थिए।

मध्यसहरको यो यात्रामा कहीँ पनि सर्वसाधारणको आवागमन रोकिएको थिएन् । नेपालमा यस्तो हुँदोहो त सबैभन्दा सर्वसाधारणलाई आवतजावत गर्नमा रोक लगाईन्थ्यो ।

डेनमार्कको नयाँ प्रधानमन्त्रीको रुपमा मेट फ्रेडरिकसन नियुक्त भएका छन् । उनी डेनमार्कको सोसल डेमोक्रेट्स पार्टीका तर्फबाट २६ औँ प्रधानमन्त्रीमा नियुक्त भएकी हुन् । उनी डेनमार्कको इतिहासमा सबैभन्दा कम उमेर प्रधानमन्त्री बन्ने पहिलो व्यक्ति बनेकी छन् । ४१ वर्षीया फ्रेडरिकसनले बिहीबार नै आफ्नो पदभार ग्रहण गरेकी छन् ।

Leave A Reply

Your email address will not be published.