युवतीलाई यातना दिने ‘धर्ती माता’ पक्राउ

0

काठमाण्डौं – आफूलाई ‘धर्ती माता’ बताउने विष्णु कुँवर बालाजुबाट पक्राउ परेकी छन् । नेपाली सेनाको मुख्यालय नजिकै भद्रकाली मन्दिर वरीपरी बसेर अन्य युवतीहरुलाई यातना दिएको आरोपमा काठमाडौं प्रहरी परिसर, टेकुको विशेष टोलीले उनलाई पक्राउ गरेको हो ।

काठमाडौं प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटीका अनुसार अहिले उनलाई काठमाडौं प्रहरीको हिरासतमा राखिएको छ । यसअघि उनले एक युवतीलाई चरम यातना दिएकी थिइन् । सोही घटनाको आधारमा प्रहरीले उनको खोजी गरेको थियो । उनले यातना दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

उनले एक युवतीलाई ‘तँ को होस् छिटो निस्की, तेरो मासु खाउँला’ भन्दै गाली गर्दै पिटेकी थिइन् । उनलाई पक्राउ गरिए पनि अहिलेसम्म पीडित सम्पर्कमा नआएको प्रहरीले जनाएको छ ।

अहिले बिहान ११ बजे पत्रकार सम्मेलन गरेर उनीसहित श्रंखलाबद्ध सिरिञ्ज आक्रमणमा संलग्न व्यक्तिलाई सार्वजनिक गर्ने तयारी प्रहरीले गरेको छ ।

Leave A Reply

Your email address will not be published.