जनकपुर – सर्लाहीमा एक महिलाको हथौडा प्रहार गरी हत्या भएको छ । आज (बिहीबार) दिउँसो सदरमुकाम मलंगवामा आँखा केन्द्र अस्पतालका प्रमुख डा. दीपेन्द्रकुमार रजककी श्रीमती सुप्रिया भारतीको हत्या भएको हो । २७ वर्षीया सुप्रियालाई सोही अस्पतालमा कार्यरत हेल्पर अमितकुमार बैठाले हथौडा प्रहार गरी हत्या गरेका हुन् ।

बिहीबार दिउँसो करिब १ बजेको समयमा अस्पतालकै दोस्रो तलामा रहेकी सुप्रियामाथि हतौडा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो । हेल्पर बैठाले सुप्रियासँगै रहेका चार वर्षीय छोरा दिवशलाई पनि प्रहार गर्दा उनी घाइते बनेका छन् । उनको वीरगञ्जको नेसनल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

किन र कुन कारणले हेल्पर बैठाले उनको हत्या गरे भन्ने अहिलेसम्म खुलेको छैन । हथौडा प्रहार गरी फरार रहेका बैठाको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।