वेल्जियन आप्रबास मन्त्रि थेओ फ्रान्कनसंग नेपालीहरुको भेटघाट

0

बेल्जियम,अप्रिल ४

काम गर्नलाई एनआरएनको सदस्य नै हुनु पर्दो रहेनछ  ।दुईवर्ष अगाडी सदस्यता त्यागेका रेग्मीले नेपाली समाज वेल्जियमलाई वेल्जियममा स्थापित गराउन महत्वपूर्ण भूमिका खेलेका छन ।आज बेल्जियमका आप्रबासन मन्त्री थेओ फ्रान्कनसँग सामुहिक भेटधाट गर्ने अवसर पनि उनैले गर्दा प्राप्त भयो’ भन्दै छन् भेट्न गएकाहरु  भेट्नेहरुका अनुशार ‘भेटमा अनौपचारिक धेरै कुराहरु भए । नेपालको राजनीतिका कुरापनि भए । सामाजिक रुपान्तरणको असजिलो परिस्थितिका कुराहरु पनि भए ।”
नेपालको बिगत र बर्तमान अवस्थाको बारेमा जानकारी सहित गौतम बुद्धको जन्म स्थान र उहाको बारेमा संक्षिप्त जानकारी गराउंदै नेपाली समुदायको तर्फबाट शान्तिका प्रतिमुर्ती गौतम बुद्धको प्रतिमा उपहार स्वरूप प्रदान गरिएको कुरा एनभिएका नव निर्वाचित क्षेत्रीय सदस्य कृष्ण रेग्मीले फोनबाट जानकारी गराए । के बिषयमा कुरा भयो त भन्ने बिषयमा उनले जोड दिदै भने,-”नेपालीहरुका हजारौ समस्या छन , त्यसमाथी पनि प्रवासमा वस्ने नेपालीहरुको आफ्नै मौलिक समस्याहरु छन, अझै युरोप र वेल्जियममा वस्नेहरुका त झनै विशेषखालका समस्याहरु छन । समस्या नै समस्याहरुको पोको वोकेर आज हामी यहांस्थित सरकारका साह्रै जिम्मेवार मन्त्री संग आफ्ना दुख वेसाउन पुग्यौ । आफ्ना कुराहरु सवैले पालै पालो राख्यौ । मन्त्रीका कुरा पनि पालै पालो सुन्यौ । वास्तवमा भन्ने हो भने आज पहिलो पटक हामी प्रवासीहरुले अविभावकसंग सवै कुरा खोल्यौ । यि मन्त्री व्यक्तिगत रुपमा मेरो धनिष्ट साथी भए पनि नेपालीहरुको साझा समस्या यसरी राख्ने अवसर सयुक्तरुपमा हामीलाई मिलेको थिएन । आज जुर्यो । हामी शान्तिका प्रतिमूर्ति गौतमवुद्द प्रतिमा मांयाको चिनो यसरी सयुक्तरुपमा हस्तान्तरण गर्यौ । नेपालका वारेमा कुरा गर्यौ, संविधानका कुरा , राजनैतिक , आर्थिक कुरा गर्यौ , साह्रै राम्रो विषयवस्तु उठान भएकोछ , कागज नभएका साथीहरुले आज सहभागी प्रतनिधीहरुसंग छलफल गर्नु होला।”उनले निस्वार्थ भावले यो भेटघाट तथा छलफलमा संलग्न सवै साथीहरुलाई मुरी मुरी धन्यवाद समेत दिएका छन् ।
साथै बेल्जियममा बसोबास गरिरहेका हाम्रा उपलब्धी र समस्याका बारेमा पनी केही कुरा राख्ने अवसर प्राप्त गराएर छलफल कार्यक्रमको नेतृत्व आफैले गरी सहयोग गर्नुहुने मित्र तथा एनभिएका नव निर्वाचित क्षेत्रीय सदस्य कृष्ण रेग्मी जि लाई नेपाली समाजको तर्फबाट धन्यवाद ।

Leave A Reply

Your email address will not be published.