दश सूत्रिय माग सहित दस दिनले अनशन बसेका डा गोविन्द केसीले राखेका मागका सम्बन्धमा सरकारका प्रतिनिधि र आन्दोलनरत चिकित्सक पक्षबीच भएको बर्ता कुनै निर्णय नगरेरै टुंगिएको छ ।
डा केसीको माग जायज रहे पनि सरकार पक्षका प्रतिनीधिहरुले केही गृहकार्य गर्न बाँकी रहेको र अर्को बैठकमा माग संबोधन गर्ने भन्दै अहिलेको बैठक सकिएको हो । मेडिकल शिक्षामा माफियातन्त्रको अन्त्य लगायत दश सुत्रिय माग राख्दै दस दिनदेखि महराजगंज स्थित टिचीङ अस्पतालमा कार्यरत डा गोविन्द केसी अनशन बसेका छन् । आजै सहमति भएर बेलुकासम्म अनशन तोडाउने गरी छलफल अघि बढाइएको थियो ।
बार्ता टोलिमा सरकारका तर्फबाट मुख्यसचिव लिलामणी पौडेल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गोविन्द पोखरेललगायतका अधिकारी सहभागी थिए भने आन्दोलन पक्षबाट चिकित्सक संघको महासचिव मुक्तिराम श्रेष्ठ, डा वाइपी सिंहलगायत सामेल थिए ।
स्रोतका अनुसार केदारभक्त माथेमाको संयोजकत्वमा गठित समितिले प्रतिवेदन नदिउन्जेलसम्म नयाँ मेडिकल कलेजलाई दिने भनिएको सम्बन्धन स्थगित गर्ने सर्तमा सहमति हुन लागेको हो । राजनीतिक आडमा चिकित्सा शिक्षामा मौलाउँदै गएको माफियातन्त्र अन्त्य र सर्वसुलभ स्तरीय स्वास्थ्य सेवाका लागि जनताको साथ खोज्दै केसी अनशनमा बसेका हुन्।
राजनीतिक आडमा चिकित्सा शिक्षामा मौलाउँदै गएको माफियातन्त्र अन्त्य र सर्वसुलभ स्तरीय स्वास्थ्य सेवाका लागि जनताको साथ खोज्दै केसी अनशनमा बसेका हुन्।
चिकित्सा शिक्षा नीति र चिकित्सा विश्वविद्यालय निर्माण हुनुअघि नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने, अनियमित तरिकाले मेडिकल कलेजको सम्बन्ध दिने पदाधिकारीलाई कारबाही गर्नुपर्ने, चिकित्सा विश्वविद्यालय सम्भाव्यता अध्ययन समिति र चिकित्सा शिक्षा राष्ट्रिय मापदण्ड निर्धारण समितिले बुझाएको प्रतिवेदन तत्काल कार्यान्वयन हुनुपर्ने, देवदेह र विराट् मेडिकल कलेजलाई सरकारले दिएको सम्बन्धन फिर्ता गर्नुपर्ने, मेडिकल शिक्षामा माफियाको चलखेल रोकिनुपर्नेलगायत १० बुँदे माग केसी समर्थकले राखेका छन्।
डा केसीको अनशन प्रति सर्वसाधारण लगायत राजनीतिक दलका नेताहरु, नागरिक अगुवाहरु, संघसस्थालगायतले समर्थन जनएका छन् । एमाओवादी अध्यक्ष प्रचण्डले डा केसीको माग जति सक्दो चाँडो संबोधन गर्न प्रधानमन्त्री सुशील कोइारालालाई सोमबार बिहान फोन गरेका थिए ।
केसी अनशनरत अस्पताल महराजगंज पुगेर प्रचण्डले डा केसीको माग प्रति समर्थन जनाएका थिए । एमाओवादी वरिष्ठ नेता डा बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ लागातका नेताहरुले पनि डा केसीको स्वास्थय स्थितिका बारेमा जानकारी लिएका थिए ।
उता प्रधानमन्त्री सुशील कोइराला भने सत्तासाझेदार नेकपा एमालेका सामु आफू नीरिह रहेकोे अभिव्यक्ति दिएका थिए । एमालेका दबाबका कारण आफूले नयाँ मेडिकल कलेज संबन्धनका लागि सूचना जारी गराउन बाध्य भएको कुरा प्रधानमन्त्री कोइरालाले सार्वजनिक गरे पछि प्रधानमन्त्री कोइरालाको चैतर्फी बिरोध भएको थियो । अनशनरत डा केसीको ज्यानै गएपनि आफूले केही गर्न नसक्ने जस्ता अभिव्यक्ति दिएका कारण प्रधानमन्त्री कोइरालाको सर्वत्र बिरोध भएको छ ।
उता अनशनरत डा केसीको स्वास्थ्य स्थिति बिग्रदै गएको छ । केसीको स्वास्थ्यमा तीब्र उतार चढाव हुन थालेको छ। उनको स्वास्थ्य बिग्रिएसँगै धेरै नबोल्न र भेटघाट कम गर्न चिकित्सकले सल्लाह दिएका छन्।
उनलाई जुनसुकै बेला जे सुकै हुनसक्ने भएको भन्दै चिकित्सकले नबोल्न आग्रह गरेका छन्। उपचारमा संलग्न डा विद्या सिंहले बोल्दा गाह्रो हुने भएकाले उनलाई धेरै कुराकानी नगर्न सल्लाह दिएकी छिन्।
स्वास्थ्य स्थिति गम्भीर बन्दै गएपछि आगन्तुकहरुलाई ढोकाबाट हेर्न दिएर फर्काउन थालिएको् छ । आमरण अनसनको १० औं दिनसम्म पनि सरकारले माग सुनुवाइ नगरेपछि मंगलबार एक हजारभन्दा बढी सर्वसाधारणले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भेला भएर केसीको सत्याग्रहमा ऐक्यबद्धता जनाएका छन्