वान वे’ ले चलचित्रको रेकर्ड तोड्यो बेल्जियममा

0

आन्त्रोपेन /२९ मार्च //
तमु समाज बेल्जियमको आयोजनामा निर्माता दिपक गुरुङको समुपस्थितिमा नेपालि चलचित्र ‘वन वे ‘आन्थ्रोपेन मा सानदार रुपले प्रदर्सन गरियो /
दुइ सो खचाखच दर्सकको बिच सम्पन्न भएको हलमा धेरै दर्सकहरुले स्थान अभावका कारणले हल बाहिर बस्न बाध्य भए / अहिलेको युबा पुस्ताको मनोविज्ञान , संगतको गलत प्रभाव,घरमा हुने झैझगडाले बच्चा बच्चिमा पार्नसक्ने असर र सन्तान प्रति अविभावकको भूमिका आदि उक्त चलचित्रले केलाउन खोजेका बिषयबस्तुहरु हुन् /
सबैजसो दर्सकहरुले उक्त चलचित्रले नेपालि समाजमा सकारात्मक संदेश दिन खोजेको प्रतिक्रिया दिएका थिए /
स्मरण रहोस,त्यो चलचित्र देखाउन आन्थ्रोपेनका लागि हल तथा टिकटिंगको प्रायोजन बेल्जियमबासि मनांगी तमुहरुले गरेका थिए /

”वान वे” नामक नेपाली फिल्म बेल्जियममा देखाइदै !!

बेल्जियम / ३० मार्च २०१५ ,दिउसो २ बजेबाट ४ बजेसम्म लुभेन र आन्त्वेर्पेनमा मार्च २९ तारिख शेर्पा समाज बेल्जियम र तमु समाज बेल्जियमको आयोजनामा नया नेपाली फिल्म देखाउन लागिएको हो /
klappeistraat 2 2060 अन्त्वेर्पेनमा १३:०० देखि १५:०० र १६:०० देखि १८:०० दुइ सो को साथै Goudebloemstraat -28 ,३००० लुभेन स्थित ओञ्ज हाउसमा प्रदर्शन हुदै छ / सुरज सुब्बाले निर्देशन गरेको उक्त फिल्म प्रदर्शनीमा नेपालबाट आउनु भएका निर्माता दिपक मनाङ्गेको समेत समुपस्थिति रहने जनाइएको छ / उक्त फिल्म हेरिदिएर आवस्यक सहयोग गरिदिनुहुन एन आर एन बेल्जियम , आस्थाका सबै संगठन ,सामाजिक संघ संगठन र सम्पूर्ण नेपाली कला तथा संस्कृतिलाई माया गर्नुहुने सबैलाई सार्वजनिक आह्वान गरेको आयोजकले बताएका छन् /
स्मरण रहोस यो नेपाली समाजको बर्तमान अवस्थालाई लिएर बनाइएको कथानक चलचित्र हो /

Leave A Reply

Your email address will not be published.