काठमाडौं – राष्ट्रिय मानव अधिकार आयोगले सर्लाहीमा दोहोरो मुठभेडको क्रममा बिहीबार प्रहरीको गोली लागि मृत्यु भएका नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जिल्ला इञ्चार्ज कुमार पौडेल घटनाको सत्यतथ्य अनुसन्धान गर्ने भएको छ ।
आयोगका प्रवक्ता वेदप्रसाद भट्टराईले शुक्रबार विज्ञप्ति जारी गरी उक्त घटनाको सत्यतथ्य अनुसन्धान तथा अनुगमन गर्न केन्द्रीय कार्यालय एवम् प्रदेश नं २ कार्यालयबाट टोली खटाइएको जानकारी दिनुभयो । टोलीले घटनाको अनुसन्धान तथा अनुगमन गरी आयोगलाई प्रतिवेदन बुझाउने छ ।
रासस