बेन्जामिन नेतान्याहु तेस्रो कार्यकालका लागि विजय

0

जेरुसेलम । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बुधबार निर्वाचनमा आश्चर्यजनक रूपमा तेस्रो कार्यकालका लागि विजय हासिल गरेका छन्। यस निर्वाचनमा उनले प्यालेस्टाइनीसँग तनाव अझै गहन बनाएका छन भने सहयोगी वासिङटनलाई क्रुद्ध बनाएका छन्।
निकै प्रतिस्पर्धा रहेको यस निर्वाचन अभियानमा नेतान्याहुको दक्षिणपन्थी लिकुड पार्टीले अभिमत सर्वेक्षणहरूलाई गलत प्रमाणित गरी १२० स्थानको संसदमा ३० स्थान प्राप्त गरेको छ भने मध्यबामपन्थी जायनिस्ट युनियनले २४ स्थान प्राप्त गरेको छ । प्रधानमन्त्री नेतान्याहुले यस निर्वाचनलाई सबै प्रकारका बाधाविरुद्ध विजयको रूपमा लिएका छन् । उनले आफूलाई एकपटक पुनः इजरायलको राजनीतिक अस्थिरताका ज्ञाताको रूपमा प्रमाणित गरेका छन् ।
यस निर्वाचन अभियानमा इजरायलको प्यालेस्टाइन तथा अमेरिकी प्रशासनसँग बिग्रिएको सम्बन्ध अझै बिग्रिने अनुमान गरिएको छ । वर्तमान कडा प्रधानमन्त्री नेतान्याहुले निर्वाचन अभियानलाई अझै दक्षिणतर्फ धकेलेका थिए ।
यस निर्वाचनले आधारभूत परिवर्तन ल्याउनसक्छ भन्ने कुरामा कमै भ्रम राखेका प्यालेस्टाइनी जनताले अर्को नेतान्याहु सरकारले उनीहरूलाई यसअघि अगाडि बढाइएको राज्यका लागि कूटनीतिक अभियानलाई अझै अगाडि बढाउन अभिप्रेरित गर्ने बताएका छन् ।
प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसनका अधिकारी यासेर अबेद राबोले इजरायले जातिवाद, नियन्त्रण तथा बसोबास निर्माणको मार्ग लिएको र आफूहरूसँग वार्ता तथा साझेदारीको मार्ग नलिएको बताए । प्यालेस्टाइनका प्रमुख वार्ताका साएब एराकातले सबै प्रकारका कूटनीतिक प्रयासलाई गति दिने तथा गहन बनाउने तथा इजरायलविरुद्ध हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालतमा युद्ध अपराधका विषयमा निवेदन दर्ता गर्न तत्कालै पाइला चालिने बताए ।
इजरायली प्रधानमन्त्री नेतान्याहुले यस अभियानमा सुरक्षालाई प्रमुख प्राथमिकता दिएका थिए । उनले इरानलाई पारमाणविक हतियार लिएर इजरायललाई चेतावनी दिननसक्ने तथा प्यालेस्टाइनलाई पूर्वी जेरुसेलममा राजधानी बनाउननदिने कुरा गर्ने सक्षम व्यक्ति आफू मात्रै भएको दाबी गरेका थिए ।
दक्षिणपन्थी अडानका लागि उनले अन्तिम समयमा आफू पुनः निर्वाचित भए प्यालेस्टाइन राज्य स्थापना गर्न नदिने दाबी गरे । उनले सन् २००९ मा दुई राज्यको समाधानलाई स्वीकार गरेका थिए ।
उनले जेरुसेलमको पूर्वी भागमा प्यालेस्टाइनलाई थप छुट नदिन यहुदीको बसोबासका लागि हजारौँ घर बनाउने बचन दिएका छन् ।यसको विपरीत जायनिस्ट युनियनका नेता आईज्याक हर्जोगले द्वन्द्व अन्त्य गर्न प्यालेस्टाइनसँग वार्ता पुनः आरम्भ गर्ने बताएका थिए ।तेल अभिभमा हर्जोगले आफ्नो पराजय स्वीकार गर्दै प्रधानमन्त्रीलाई तेस्रो कार्यकालका लागि विजय भएकोमा वधाइ दिए ।प्रधानमन्त्री नेतान्याहुले आउँदो दुईदेखि तीन सातामा नयाँ सरकार गठन गर्ने उहाँको दलले जानकारी दिएको छ । उनले दक्षिणपन्थी तथा धार्मिक नेताहरूसँग वार्ता गरिसकेके जानकारी दिइएको छ । बहुमतको गठबन्धन सरकार गठन गर्न उनीहरूको समर्थन आवश्यक छ ।
इजरायली कानुनअनुसार निर्वाचनको अन्तिम नतिजा मतदान भएको आठ दिनभित्र प्रकाशन गर्नुपर्छ । केन्द्रीय निर्वाचन समितिका प्रवक्ताले नतिजा बिहीबार अपरान्ह सार्वजनिक हुने जानकारी दिएका छन् ।
यस बिन्दुबाट राष्ट्रपति रेयुभेन रिभ्लिनले सात दिनभित्र एक दलका नेतालाई अर्को सरकार गठन गर्न आदेश दिनुपर्छ । प्रधानमन्त्री नेतान्याहु त्यस्ता नेता हुने निश्चत छ ।राष्ट्रपतिका कार्यालयका एक प्रवक्ताले राष्ट्रपतिले इजरायललाई सकेसम्म छिटो सरकार आवश्यक भएको स्पष्ट पारेको उनको पार्टीका प्रतिनिधिसँग सकेसम्म छिटो परामर्श आरम्भ गर्न इच्छुक रहेको जानकारी दिए ।इजरायलको निर्वाचन प्रणालीमा सबैभन्दा बढी स्थान प्राप्त गर्ने दलका नेतालाई नभएर संसदमा ६१ भन्दा बढी स्थान प्राप्त गर्ने गठबन्धन तयार गर्ने व्यक्तिलाई प्रधानमन्त्री बनाइन्छ ।प्रधानमन्त्री नेतान्याहुले दक्षिणपन्थी गठबन्धन तयार गर्ने देखिएको छ र उनलाई इजरायलको पछिल्ला प्रभावशाली नेता मोसे काहलोनको समर्थन आवश्यक पर्नेछ । उनको मध्यदक्षिणपन्थी नयाँ कुलानु दलले संसदमा १० स्थान प्राप्त गरेको छ । उनीलिकुडबाट पलायन भएका थिए ।
गत साता प्रकाशन भएका पछिल्ला अभिमत सर्वेक्षणमा जायनिस्ट युनियन पार्टीले लिकुडले भन्दा चार स्थान बढी प्राप्त गर्ने अनुमान गरिएको थियो तर निर्वाचनको नतिजाले सबैलाई आश्चर्यमा पारेको छ ।
जेरुसेलमको हेब्रु विश्वविद्यालयका संवैधानिक कानुनका विशेषज्ञ क्लाउड क्लेइनले नेतान्याहुले अन्तिम चरणलाई व्यवस्थापन गरेको जानकारी दिए।प्रमुख अरब पार्टी ज्वाइन्ट लिस्टले यस निर्वाचनमा १४ स्थान विजय हासिल गरेको छ भने उसले आफूलाई संसदमा तेस्रो स्थान दिलाएको छ । नागरिकबाट

Leave A Reply

Your email address will not be published.