कक्षाकोठा, पत्रकारीता र सफाई अभियान्ता हुँदै प्रदेशसभा सम्म राम आशिष यादवको जिवन यात्रा

0

जनकपुरधाम – प्रदेश २ को अस्थायी राजधानी समेत रहेको जनकपुरधाममा एक सु परीचित र प्रसिद्ध नाम हो राम आशिष यादव, समाजवादी पार्टी नेपाल प्रदेश २ का संसदिय दलका उपनेता समेत रहेका यादवको जनकपुर सहित सिंगो प्रदेश मै बहुआयामिक परिचय छ । माध्यमिक विद्यालयको अङ्ग्रेजी बिषयको शिक्षक बाट सुरु भएको उनको व्यावसायिक र सामाजिक यात्रा कक्षाकोठा देखि २० बर्षे सकृय पत्रकारीता हुँदै सफाइ अभियान्ता, पर्यावरण रक्षक, सनातन संस्कृतिका संरक्षक हुँदै अहिले प्रदेश सभा सदस्यको रुपमा संसदीय दलको उप नेता सम्म भएका छन् । उनै यादवको जिवनको आरोह अवरोहलाई समेटेर यहाँहरु समक्ष हाम्रो सानो प्रयास राखेका छौं, एक अभियानी र पर्यावरण संरक्षण प्रतिको उनको निरन्तर योगदानको कदरस्वरुप ।  

२०२६ चैत्र १५ मा जनकपुरधाम उप महानगर (साबिक कनकपट्टी गाउँमा जन्मिएका यादवले जनकपुरधाम बाट प्रारम्भिक शिक्षा हासिल गरेका उनले मित्र राष्ट्र भारतको एक प्रतिष्ठित बिश्वविद्यालय उच्च शिक्षा हासिल गरेका छन् । संघीय राजधानी काठमाडौ नजिकै रहेको काभ्रेपलाञ्चोक जिल्लाको ज्याम्दिमा रहेको एक माध्यमिक विद्यालयमा शिक्षकको रुपमा काम गरे सँगै सुरु भएको उनको व्यावसायिक जीवन शिक्षकको रुपमा लामो समय भने अगाडि बढेन । २०५४ सालको सुरुवातबाटै रेडियो नेपाल बाट पत्रकारीता सुरु गरेका यादवले स्थानीय रुपमा जनकपुरधाममै संचालित केही संचारमाध्यमा काम गर्नुका साथै स्थानीय रुपमा साथीहरूको साझेदारीमा आफ्नै संचार गृह समेत संचालन गर्न भ्याए । उनको पत्रकारीता प्रदेश सभा निर्वाचनको नोमिनेशनको अघिल्लो दिन सम्म कायम थियो । 


नेपाल पत्रकार महासंघ धनुषा शाखाको अध्यक्ष समेत बनेका उनी आफुले पत्रकारीता गर्दाको समय र अहिलेको अवस्थामा मिडियाको प्रगति देखेर गर्व लाग्ने गरेको अनुभव सुनाउँदै त्यतिबेलाको काठमाडौको मधेस र मधेसी प्रतिको सोच र अहिलेको परीस्थितिमा निकै बदलाव आएको स्वीकार गर्दै त्यो अझै अपर्याप्त रहेको टिप्पणी गर्छन् । संघिय राजधानी काठमाडौं पछि मिडियाको संख्या र गुणस्तरमा जनकपुरधाम नै अगाडि रहेको उनको भनाइ छ । अपवादलाई छोडेर जनकपुरधामको मिडिया र मिडियाकर्मी अब्बल र व्यावसायिक रहेको उनको भनाइ छ । 


विद्यार्थी जीवन देखि नै समाजसेवामा रुचि राख्ने यादवले शिक्षकका रुपमा कार्य प्रारम्भ गरेदेखि नै उनको समाजसेवाको पनि शुभारम्भ भयो । गरीब तथा आर्थिक रुपमा बिपन्न रहेका तर पढ्ने चाहना भएका विद्यार्थीहरुलाई निशुल्क ट्युसन पढाउन बाट सुरु गरेका उनले समाजको खेलप्रतिको हेराईलाइ समेत परीवर्तन गर्नको लागी निकै ठूलो योगदान दिए । विद्यार्थी जिबनमा आफैं भलिबलका कुशल खेलाडी रहेका उनले काभ्रेमा रहँदै खेल संस्कृतिको समेत बिकास गर्न पनि उल्लेख्य योगदान दिएका थिए । 


शिक्षक पेशालाई बिट मार्दै व्यावसायिक पत्रकारीतामा प्रवेश गरे सँगै सामाजिक आवाजलाई बुलन्द पार्ने कामलाई जारी राखे कलम मार्फत समाजसेवा गर्दै रहे भने व्यावसायिक धर्मको पालना गर्दै मुलधारका खबरको संप्रेषणमा समेत कहिल्यै कन्जुस्याइँ गरेनन् । सकृय पत्रकारितामा रहँदै गर्दा उनले जनकपुरधामको सफाइ बारे निकै कलम चलाएपनी सरोकारवाला निकायले खासै महत्त्व नदिएपछि आफैंले केही गर्ने निचोड सहित सघन रुपमा स्वच्छता अभियान संचालन गर्ने निचोडमा पुगे । 


२०७० साल फागुन ११ गरेबाट बिधिवत रुपमा स्वच्छता अभियानको शुभारम्भ गरे केही अभियानी, बुद्धिजीवी र पेशाकर्मिको स्वतस्फूर्त सहभागीमा, साथमा थिए प्राध्यापक एंब हालका मधेसी आयोगका अध्यक्ष डा. बिजय कुमार दत्त, अधिवक्ता राजकुमार महासेठ, समाजसेवी अमरचन्द्र अनिल, अशोककुमार जालन लगाएत केही सिमित ब्यक्ति सँगै जोडिन आईपुगे तत्कालीन एस. पी. शिव लामिछाने, स्थानीय ब्यापारी बिजय झुनझुनवाला, तत्कालीन सिडियो कृष्ण ढुंगाना लगायतका पेशाकर्मी पनि साथमा समकक्षी केहि पत्रकार तथा नेपाली सेनाका कर्णेल डिजन पिआर तथा मेजर कपुर सिंह एंब नेपाल प्रहरीका एस. पी. उत्तम सुवेदी पनि यो सँगै सफाइ अभियानले उचाइ लिन लाग्यो भने यादव पनि स्वच्छता अभियानिको रुपमा चिनिन थाले । 

२०७१ जेठ २५ बाट सुरुवात भएको महागंगा आरती अभियानको सुरुवात सँगै स्वच्छता अभियानमा क्रान्ति नै आयो, सनातन हिन्दु धर्म संस्कृतिको जगेर्ना, बिकास र संरक्षण सँगै अर्को नारा पनि थपियो पर्यटनको बिकास र पर्यावरणको रक्षा । यसैको प्रतिफल स्वरुप अहिले सिरहाको दुर्गा पोखरीमा दुर्गा आरती सुरु भयो यस्तै महोत्तरीको जलेश्वरनाथ मन्दीरमा शिवगंगा आरती, बिरगंजको घरिघर्वा पोखरीमा सुर्य गंगा आरतीको समेत शुभारम्भ भएको छ । त्यस्तै उनकै पहलमा जानकी नवमी महोत्सवको समेत सुरुवात भयो । अहिलेसम्म आउँदा यो प्रादेशिक महोत्सव बनेको छ भने गएको बैशाखमा मनाईएको जानकी नवमीमा प्रदेश २ सरकारले सार्वजनिक बिदा मात्रै दिएन । यहि महोत्सवमा सहभागी हुन राष्ट्रपति समेत जनकपुरधाम आईपुगिन । 


त्यति मात्रै होइन पर्यावरण संरक्षणकै शिलशिलामा धनुषाकै मिथिला बिहारी नगरपालिकामा अवस्थीत पर्शुराम तलाउमा पर्शुरामको मुर्तिको पुनर्निर्माण सँगै स्वर्गद्वार निर्माणको लागि नगरपालिकाले समेत बजेट बिनियोजन गरेको छ । यो सबैमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा उनकै पहल छ । यो सँगै सामाजिक उत्तरदायित्व अन्तरगत गरीब, दलित र सिमान्तकृत बालबालिकाको शिक्षाको लागि विभिन्न स्कुल र कलेजमा निशुल्क वा न्युनतम शुल्कमा अध्ययन गराउनको लागि समेत निरन्तर क्रीयाशिल छन् । 


यस्तै क्लिन जनकपुर ग्रीन जनकपुर बनाउने उदेश्यका साथ सेभ हिस्टोरीकल जनकपुरधामका अध्यक्ष समेत रहेका यादवले आफ्नो चुनावी अभियानमा समेत बृक्षारोपण गर्दै मतदाता सँग मत मागेका थिए । जनकपुरधाम नगरको चारैतिरका बस्तीमा ग्रीन अभियान अन्तरगत एक परीवार एक आँपको बिरुवा बितरण समेत गरेका थिए त्यो पनि आफ्नै ब्यक्तिगत पहलमा भने जिल्ला बन कार्यलय धनुषा सँगको सहयोग र समन्वयमा जंगली बोट र सजावटका बिरुवा सहित फुलका बोटहरु रोप्ने काम पनि जनकपुरधाम सहित सिंगो प्रदेशमा नै एक अभियानको रुपमा बिकास भएको छ । 


पर्यावरण संरक्षण योद्धाकै छवि बनाएका उनले अहिले स्वच्छता अभियान सँगै सिंगो मानव सभ्यता र बातावरणिय दृष्टिकोणले समेत अति खतरनाक मानिने एक पटक मात्रै प्रयोग हुने थर्मोसेटिक प्लास्टिकलाई पुर्ण बन्देज गर्न र कम्तीमा यसलाई प्रदेश भरी लागू गराउन सफाइ अभियानी कृष्ण चन्द्र साहको संयोजनमा यो अभियानमा उत्तिकै सक्रिय रहेका छन् । 


यस्तै राजनैतिक रुपमा पनि सकृय रहेका यादव समाजवादी पार्टी नेपाल प्रदेश २ का समाजवादी पार्टिका संसदीय दलका उप नेता समेत रहेका छन् । उनकै पहलमा गत आइतबार प्रदेशसभामा प्रदेश सरकारले पेश गरेको बजेटमा समेत उनको अभियानले साथ मात्रै पाएको छैन अपितु `मुख्यमन्त्री स्वच्छता अभियान´ को समेत सुभारम्भ भएको छ । जस अन्तरगत विभिन्न सामुदायिक विद्यालयमा छात्रा शौचालयको निर्माण, सरसफाइ सम्बन्धि जनचेतना मुलक कार्यक्रम मात्रै नभएर मोबाइल ट्वालेट समेतका आयोजनाले प्रदेश सरकारबाट लाल मोहर पाएका छन् । नेता एंब स्वच्छता अभियानी यादवको निरन्तर पहल स्वरुप । 


खर्चिलो निर्वाचन प्रणाली, भड्काउ जिवनशैली एंब बाहुबलमा चुनावी नतिजामा प्रभाव पार्ने हाम्रोजस्तो संस्कार बनिसकेको मुलुकमा सादा जीवन र साधारण जीवनशैली बिना कुनै ठूलो आर्थिक बिना जननिर्वाचित हुने उदाहरण समेत बनेका उनले चुनावमा पनि दोब्बर भन्दा बढी मतान्तरले बिजयी बनेका उनी निर्वाचनको समयमा मतदाता सँग गरेका प्रतिबद्धता समेत पूरा गर्न कम्मर कसेर लागिरहेका छन् । स्थानीय पोखरीको संरक्षण देखि लीएर, विद्यालयमा शौचालयको निर्माण, शैक्षिक सामाग्रीको बितरण, गर्भवती नारी सम्मान कार्यक्रमका साथमा विभिन्न खेलकुद सहित अन्य योजनाहरु अगाडि बढाईरहेका छन् । त्यो पनि आफ्नै निगरानीमा । 



Leave A Reply

Your email address will not be published.