ओली र देउवामा कसले पहिले बोल्ने बारे विवाद हुँदा संसद बैठकमा ढिलाई

0

काठमाडौँ – प्रधानमन्त्रीले पहिले सम्बोधन गर्ने कि प्रमुख विपक्षी दलका नेताले बोल्ने भन्ने बारे विवाद हुँदा प्रतिनिधिसभाको बैठक सुरु हुन ढिलाइ भएको छ ।

मंगलबार बिहान ११ बजेका लागि बोलाइएको बैठकमा संसद सचिवालयले प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने गरी कार्यसूचि तय गरेको थियो ।

तर कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा जनताका तर्फबाट आफूहरुले कुरा राख्न पाउनु पर्ने र त्यसका लागि प्रधानमन्त्री ओलीले भन्दा पहिले दलका नेता शेरबहादुर देउवाले बोल्न पाउनु पर्ने अडान लिएपछि विवाद भएको हो ।

सत्ता पक्षले भने प्रधानमन्त्री ओलीले नै पहिले बोल्न पाउनु पर्ने अडान लिएका छन् । कार्यसूचि अनुसार नै अघि बढ्नु पर्ने उनीहरुको भनाई छ ।

प्रधानमन्त्री ओलीले आफ्नो युरोप भ्रमणबारे जानकारी दिने तथा विवादीत गुठी विधेयकबारे संसदमा सरकारको धारणा स्पष्ट पार्ने तयारी छ ।


Leave A Reply

Your email address will not be published.