जनताको  विकास मुखी योजना आउने 

राकेश यादव / रौतहट – गौर नगरपालिकाले आर्थिक वर्ष ०७६।०७७ को लागि नगर सभाको अधिबेशन र बैठक आव्हान गरेको छ । अहिले सम्म चौथो बैठक आव्हान गर्ने गौर नगरपालिका पहिलो नगरपालिका रहेको छ ।

 रौतहटको अधिकांश स्थानीय तहमा कुनै नकुनै किसिमले आंतरिक द्वन्द रहेको अवस्थामा गौर नगरपालिकाले आषाढ़ ९ गते नगर सभाको बैठक आव्हान गरेको हो । प्रमुख प्रसाशकीय अधिकृत सुमन कुमार कार्कीले निर्धारणका  समयमा नगर सभाको बैठक डाकिएको बताएका छन । बैठकमा आगामी आर्थिक वर्षको बजेट पेश हुने , विधेयकहरु पेश गरिनुको साथै विभिन्न प्रस्ताव माथि छलफल हुने कार्यक्रम निर्धारण गरिएको छ । 


विगत केहि दिन देखि गौर नगरपालिकामा राजनितिक   विषय लिएर कर्मचारी सरुवाको खेलले हल्का तनाव उत्पन्न भएपनि नगरपालिकाको कामकाजमा कुनै असर आएको देखिएको छैन । प्रतिपक्षी दलका नेताहरुले प्रमुख प्रसाशकीय अधिकृत कार्कीलाइ सरुवा गराउने प्रयास गरे निलंबन समेत गराए तर सर्वोच्च अदालतले सरुवा र निलंबनको कार्यान्वयन नगर्नु नगराउनु भनी अंतरिम आदेश जारी गरेपछि कार्की पुनः गौर नगरपालिकामा कामकाज सम्भालेका छन ।   


विकास नै विकासको योजना आउने अधिकृत कार्कीले बताएका छन । सामाजिक विकासको साथै भौतिक पूर्वाधारको विकास ,आर्थिक उन्नतिको योजना नगर सभाबाट ल्याउने नगरप्रमुख अजय कुमार गुप्ताले बताएका छन । आषाढ़ ९ गते हुने चौथो नगर सभामा सहभागी हुने निर्वा्चित जनप्रतिनिधिले नगरको विकास समृद्धि तरफ ध्यानकेंद्रित गर्नुपर्नेछ ।


आगामी आर्थिक वर्षमा लोप हुदै गएको मधेशको कला संस्कृति , भेष भूषा ,पहिरन , भाषाको जगेर्ना विकासको लागि विशेष प्राथमिकता दिनु पर्ने बुद्धिजीवीहरुको सुझाव रहेको छ । महिला सशक्तिकरण को लागि महिलाहरुको आए आर्जनको लागि सिप मूलक कार्यक्रम , बेटी पढ़ाउ बेटी बचाऊ प्रदेश सरकारको अभियानलाइ सहयोग पुग्ने उदेश्यले बालिकाहरुको खेलकूद विकास ,संस्कृति उत्थान गर्ने योजना बनाउनु पर्ने जरुरी छ । 


जेष्ठ नागरिक , अपांग ,एकल महिला , बाल बालिका ,शिक्षा ,स्वास्थ्य , कृषि ,सौर्य ऊर्जा , बातावरण संरक्षण , हरियो नगरपालिका ,सुन्दर नगरपालिकाको परिकल्पना सहितको लोकप्रिय योजना ल्याउनु पर्ने स्थानीयहरुको भनाइ रहेको छ । नगर भित्रमा मुख्य सड़क र सहायक सड़कको छेउमा भएको भवनको रंग एउटै राख्नु पर्ने , विद्यालयको रंग छूटै राख्नु पर्ने , नियमित रुपमा विद्यालय जाने शिक्षा शिक्षिकालाइ प्रोत्साहन गर्नु पर्ने योजना कार्यान्वयन तरफ विचार पुर्याउनु पर्ने छन । 


युवा ,जुझारू एवं निडर भएर काम गर्ने क्षमता भएका मेयर गुप्तालाइ समाजमा विकृतिको रुपमा रहेका अन्धविश्वासको अन्त्य गर्ने जनचेतना मूलक कार्यक्रम बैठकबाट पारित गर्नु पर्ने देखिन्छन ।

  गौर नगरपालिकाको चौथो अधिवेशनमा निम्न कुराहरू पेश हुनेछन – 


१. गौर नगरपालिकाको आगामी आ.ब. २०७६र७७ को नीति तथा कार्यक्रम                
२. आगामी आ.ब. २०७।७७ को बजेट  
३. आधारभूत स्वास्थ्य सम्बन्धी विधेयक
 ४. सरसफाइ तथा वातावरण संरक्षण  सम्बन्धी विधेयक  
५. गौर नगरपालिकालाई बालश्रम तथा बालविवाह मुक्त नगरपालिका घोषणा गरिने कार्यक्रम
 ६. नगरपालिकाको सम्पूर्ण सेवाहरूलाई अनलाइन गर्ने  
७. ईलेक्ट्रोनिक बिल्डिङ पर्मिट सिस्टम लागू गर्ने 
८. घरघरमा स्थानीय सरकार कार्यक्रम लागू गर्ने
 ९. सामुदायिक विद्यालयहरूमा निरन्तर अनुगमन प्रणाली लागू गर्ने प्रमुख प्रसाशकीय अधिकृत कार्कीले जानकारी दिएका छन ।