ब्रसेल्स – मातृभूमीका लागी बिना स्वार्थ राष्ट्रिय भावना बोकेर सहयोग गर्ने उदेश्यले गठन भएको हामी नेपाली नामक विश्वब्यापी संस्थाको बेल्जियम च्याप्टर गठन भएको छ ।
हामी नेपालीका ग्लोबल अध्यक्ष अमृत लामाको उपस्थितिमा बेल्जियमका लागि किसन केसीको नेतृत्वमा ४ सदस्य पछी थप गर्ने गरी २१ सदस्यीय समितीको घोषणा गरिएको छ । समितिको उपाध्यक्षमा अनुजा प्रधान, बुद्धी बराल, महासचिबमा मिन बहादुर छेत्री ,सचिबमा नबिन नेपाल कोषाध्यक्षमा जय तमाङ, र सदस्यहरुमा राम बहादुर पुन , दामन तामाङ ,दिलिप गुरुङ , दीपेन्द्र गौतम , हीमाली न्यौपाने , कौशल खनाल , महेन्द्र बस्याल, मुना थापा , निर्मला परियार, साइमान आले , योगिता थापा रहेकाछन ।
समितिको उपाध्यक्षमा अनुजा प्रधान, बुद्धी बराल, महासचिबमा मिन बहादुर छेत्री ,सचिबमा नबिन नेपाल कोषाध्यक्षमा जय तमाङ, र सदस्यहरुमा राम बहादुर पुन , दामन तामाङ ,दिलिप गुरुङ , दीपेन्द्र गौतम , हीमाली न्यौपाने , कौशल खनाल , महेन्द्र बस्याल, मुना थापा , निर्मला परियार, साइमान आले , योगिता थापा रहेकाछन ।
कार्यक्रममा हामी नेपाली ग्लोबलको उदेश्य र आगामी कार्ययोजनाको बारेमा जानकारी दिदै अध्यक्ष लामाले नेपालका गाउँ घरमा अझै बिकास र चेतनाको अभाब रहेकोले त्यसको लागि काम गर्न र थोरै भए पनि राष्ट्रको उत्थानको लागि काम गर्न संस्थाको गठन गरिएको र सबैको सहयोग र स्वयं सेवाको माध्यमबाट त्यसलाई पुरा गर्ने बताउनु भयो । उँहाले धर्म, जाति तथा राजनीतिभन्दा माथि उठेर विश्वभरका नेपालीहरुको हितका काम गर्न बेल्जियम कार्य समितिलाई अनुरोध गर्नु भयो ।
त्यसै गरी ग्लोबल कोषध्यक्ष रबिन बज्राचार्यले संस्थाको उदेश्य ब्यापक रहेको र निकट भबिष्यमा अन्य कार्यक्रमहरु घोषणा गरिने बताउदै केही परोपकारी कामको सुरुवात भैसकेको जानकारी दिनु भयो । सोही कार्यक्रममा जर्मनीका लागि रण बहादुर साउदलाई हामी नेपालीको जर्मनीको अध्यक्ष जिम्मेवारी दिदैं जर्मनी शाखा गठन गर्न जिम्मेवारी दिइएको छ ।
बेल्जियममा रहेका संघ संस्था र पत्रकारहरु उपस्थित रहेको कार्यक्रममा जर्मनी बाट एनआरएनए कोषाध्यक्ष निनम्मा राई , प्रबक्ता शंकर डाङ्गी लगायतको उपस्थिति थियो । कार्यक्रमको संचालन हामी नेपाली ग्लोबलकी कन्सुलर गीता लामाले गर्नु भएको थियो ।