धनगढी– कैलालीको घोडाघोडीमा माटोको ढिस्कोमा पुरिएर १७ एक बर्षिय किशोरीको मृत्यु भएको छ ।
घर पोत्ने माटो खन्ने क्रममा खसेको ढिस्कोले पुरिएर घोडाघोडी नगरपालिका ४ जनकपुर बस्ने १७ वर्षीया रेश्मा भण्डारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुख्खडले जनाएको छ।
घर नजिकै रहेको मेलघट्टी सामुदायिक वनमा माटो निकाल्न खाल्डोमा गएकी भण्डारीको माटोको ढिस्को खस्दा पुरिएर मृत्यु भएको ईलाका प्रहरी कार्यालय सुख्खडका प्रहरी निरीक्षक यक्ष राज जोशीले बताए।