पेरिस – एकसाता युरोप भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज फ्रान्सका समकक्षी इडुवार्ड फिलिपसँग भेटवार्ता गर्दैछन् । प्रधानमन्त्री ओली बुधबार लण्डनबाट भूमिगत रेलमार्गमार्फत् फ्रान्सको राजधानी पेरिस पुगेका हुन् ।

पेरिसमा बिहिबार फ्रान्सका उद्योगी व्यवसायीसँग छलफल गरेका थिए । छलफलका क्रममा प्रधानमन्त्री ओलीले नेपालमा लगानी मैत्री वातावरण बनेकाले ढुक्क भएर लगानी गर्न आव्हान गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डाक्टर कुन्दन अर्यालले जानकारी दिए ।

राजनीतिक स्थायित्व कायम भएको, कानुनी जटिलताहरु अन्त्य गरिएको र वैदेशिक लगानीका लागि प्राथमिकताका क्षेत्रहरु छनौट गरिएकाले लगानीमा जोखिम नरहेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

स्वीट्जरल्याण्ड बेलयत हुँदै फ्रान्स पुगेका प्रधानमन्त्री ओली असार १ गते स्वदेश फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।