कथा

सन्तोष बिस्ट 


कसैले कसैलाई मन पराउनु , कोहि कसैप्रती आकर्षित हुनु, कसैले कसैप्रती जीवन देख्नु जिन्दगी देख्नु , भविस्य देख्नु, यी सबै देखेर देख्ने भन्दा पनि सोचेर सोच्ने कुरा हुन् । उमेरको हुर्किदो जवानी सगै यी सब हुँदै जाने हुन् ! हरकोहीको जिन्दगी यस्तै भएजस्तै मेरो पनि यस्तै हुनेवाला थियो । भयो । हुदैछ । हुन बाकी छ।आँखाले देखेका सबै तस्वीर । आँखले नै सधै सधै सम्झिरहन सक्छ, याद गरिरहन सक्छ भन्ने हुँदैन । कोहि यस्ता खास तस्वीरहरु हुन्छन, जुन आँखाले कहिल्यै पनि बिर्सन खोज्दैन । बिर्सिदैन ।त्यै तस्वीर ! जुन तस्वीर आज पनि उस्तै छ । बिल्कुल काँचो छ । भरिलो छ मेरो आँखामा ।

काठमाडौमा डेरा गरेर बस्नेहरुको बास प्रायः अस्थाई हुन्छ । जतिबेला जुनसुकै बेला पनि उनिहरु जुनसुकै ठाउँमा सर्न सक्छन् ! या भनौ डेरा सर्न सक्छन् । हो त्यसैगरी डेरा सरेर म पनि भक्तपुर बाट बानेश्वर पुगेको थिएँ ! बानेश्वरको मिनभवनमा । अस्तब्यस्त ठाउँ ! बाक्ला घरहरु उभिएका लहरै । लगभग सबै बाटो पक्की नै पक्की । जसले गर्दा बालुवा मिसिएको माटोको रङ देख्न समेत हम्मे हम्मे हुन्थ्यो । रोडभरी सवारी साधनहरुको बाक्लो चाप, दौड्धुप, सवारी साधनको पुच्छर बाट धुवाको मुस्लो बत्तिरहेको हुन्थ्यो । अनि धमिलो वादल बन्थ्यो हावामा मिसिएर । सडकको डिलमा उभिदा आँखाले देखेका दृश्य यहि थिए। यस्तै थिए।कोठा बस्न थालेको नि दुई हप्ता भैसकेको थियो । मलाई नौलो लाग्ने सबै पुराना लाग्दै गएका थिए । म बानी पर्दै गैरहेको थिएँ। एक्लै कोठामा बस्यो । पकायो खायो । कलेज गयो । आयो । यस्तै गरि जिन्दगी चल्दै थियो। चल्दै थियो। चलाउदै थिएँ । कोठामा बस्दा, खाना साना खायो, जुठा भाँडा माझ्यो, मस्कायो । कसेर लगायो सकिन्थ्यो काम । अनि पढ्यो। यी आँखाका ज्योतिहरु नमज्जासग गएर तिर झै गाडिन्थे गएर कितावका प्रत्येक पन्नाहरुमा ।

म बहुत पढन्दास थिएको रहेछु त्यस बेला । (१२ मा पढ्दै थिएँ साइन्स !)एकदिन अचानक ! आँखाका नजर एउटा घरको दोस्रो तल्लाको यतै मेरै कोठातिर फर्किरहेको झ्यालमा गएर ठोक्कियो। आँखाहरु लठ्ठ भैगए। भैगएछन। सायद ! आँखाले मनपराएको केही त थियो पक्कै ! त्यसैले त गएर अडिए आँखाका ज्वोती । अनि पोतिए गएर तिनै दृश्यका बाक्ला रङ्हरु गएर त्यही झ्यालका सिसाका थालहरुमा।झ्यालमा थिइन् । कुनै एक अप्सरा जस्तै मुहार भएकी केटी । थुप्रै हेराइहरु खेर गैसकेका थिए हेर्ने क्रममा जिवनमा। आँखाले धेरै पटक आफ्नो ज्वोती खेर फ्याँकिसकेको थियो । अर्थहिन तस्विर हेर्दैमा। तर यो पटक दृश्य सहि ठाउँमा गएर अड्डिए। गएर रोप्पिए। खै किन हो मैले आजसम्म देखेको तस्वीर मध्ये मन परेको तस्वीर । अहिलेसम्म देखेको आँखाभन्दा मन परेको आँखा । अनि अहिलेसम्म देखेको मुस्कान भन्दा मन परेको मुस्कान । त्यही थियो। उनैको थियो । सायद । उनले मलाई कोठाबसेको दिनदेखी देखेकी हुदि हुन या अलि पछि देखेकी हुदि हुन ।


हेराइको दृश्यले बताउथ्यो कि – मैलेभन्दा पहिले उनैले देखेकी हुन् । रात चकमन्न हुँदै गयो । सुनसान बढ्दै गयो । साँझ पाँच बजे देखिएकी उनी फेरि देखिइनन । झ्यालमै टाँसिएर बसेका मेरा आँखा उनलाई देख्नमै बहुत तम्तयार थिए ।


झ्याल बन्द थियो । एकदम बन्द । त्यस्तरी अगि मुस्कुराएको तस्वीर अब गाएप भयो । बन्द झ्याल रिसाएझै देखिन्थ्यो। मन खै किन हो निराश पो हुन खोज्यो। आँखा फर्किए फेरि किताबमै जाक्किए । अनि दगुरे फिजिक्सका डेरिभेसनतिरै । राती दुइबजेसम्म पढेर बस्थे म । त्यो रातपनि बसे । झ्याल अनि किताब पालैपालो हेर्दै बसे !


झ्याल चुपचाप थियो । बन्द थियो । आँखाले खिचेको तस्वीर बहुत खतरनाक हुने रहेछ । आँखाभित्र पटक्कै चुपचाप नबस्ने । आँखाबाहिर आँखाले इङ्कित गरेको ठाँउमा गएर खिचेको तस्विर त्यही झलझलती देखिने रहेछ । जस्तो कि पुस्तकका अक्षरहरुमा आखाले खिचेर राखेका फोटो अक्षरहरु सगै प्रतिविम्बित हुनेरहेछ ! त्यस्तै भयो मलाई ! भोलिपल्ट विहान ! जुरुक्क उठेर पर्दा खोलेर आँखा त्यहि झ्यालमा टाँसे तर झ्याल अझै बन्द ।


थियो त केवल ! बन्द झ्यालको ऎनामा देखिएको घामको प्रकाश ! एउटा सिङ्गो घाम, झ्यालको सिसाभित्रबाट चियाइरहेको थियो मलाई। एकपटक त झ्यालको सिसाभित्रको घामभित्रै पसेर पनि उनलाई खोजे । अहँ उनी देखिइनन । कलेज जानी बेला भयो, हिंडे कलेज । उनी बसेको घरको अघिल्तिरको बाटो हुँदै जानुपर्थ्यो कलेज ! उनी बसेको घरको अगाडि घरकै भित्तामा झुन्डाइएको थियो, एउटा होर्डिङ बोर्ड ! लेखिएको थियो ! आफन्त गर्ल्स होस्टेल । बेलुका ५ बजे कलेजबाट कोठा आइपुगें । ड्रेस चेन्ज गरिओरी यसै पल्टिएँ खाटतिर मोबाइल चलाउदै। हिजो हेरेको झ्यालमा हेर्छु भनेरै फेरि नजर पोख्याएँ। झ्याल खुल्ला थियो। झ्यालमा उनी थिइनन् । तर मेरा नजर त्यही ढुकिरहेका थिए । होर्मक ज्यादा भएको कारण नजर फर्काएर किताबमा ल्याएर घोप्ट्याएँ । पढ्न थाले ।


बेलुका सात बजेछ । खाना बनाएर खाएँ । ८:४५ भएछ । झ्याल खुल्लै थियो मेरो ।
पर्दा पनि । पर्दा लगाउनु पर्यो भनेर झ्याल सम्म पुगे । पुग्न नपाई देखे उनलाई उनकै झ्यालमा । उनकै कोठाको झ्यालमा । उनले पनि बडो जतनका साथ नजर यतै लिएर पोख्याइरहेकी थिइन । म लुकेर चियाइरहेको थिए । सायद । मैले पकाएको ! खाएको सबै देखिन होला । आ ! जेसुकै होस आँखा जुदाउछु भन्ने आँटले गए झ्यालतिर । हेरे उनलाई । आखाको ज्योती उनको आखैमा गएर पोखियो । उनले हेरिरहिन ।


मुस्कुराएँ । मुस्कुराईन । अनि स्वाट्टै हराइन् । कोठाभित्र । म पनि हराए आफैभित्र।झल्यास्स बिउँझिदा। यो सब सपना रहेछ । फगत सपना । पहिलोचोटि कसैलाई मैले मन पराएको थिएँ, पहिलो चोटि म कसैसग खुब मुस्कुराएको थिए ।


पहिलो चोटि मैले कसैलाई खुब प्यार गरेको थिए । म आजपनी उत्तिकै प्रेम गर्छु उनिलाई। उत्तिकै याद गर्छु उनिलाई । उत्तिकै देख्न मन लाग्छ उनिलाई । मैले कसैलाई प्रेम गरेको थिएँ भने त्यही सपनामा देखिएकी उनिलाइ गरेको थिएँ । प्रिय तिमी …. जत्ती सम्झेपनी फेरि दोहोर्याएर तिमी कहिल्यै मेरो सपनामा आएनौ ।


आउनेहरुपनी तिमिजस्ता कहिल्यै आएनन् ।
आउने छैनन् । आउदैनन् । प्रिय तिमी ।
सपनामै भएपनी एकपटक फेरि आइदेउ ल।
मेरा यी आँखा अझै पनि तिम्लाई देख्न खोज्दैछन् । सपनामा तिमिलाई भेट्ने होटमा यी आँखा अझै पनि सपनामा निदाएका छैनन् ! खोजिरहेछन … बस खोजिरहेछन ।
खोजिरहने छन् ।