सरकारले कसैलाई काखा कसैलाई पाखा गरेको सत्ता पक्षका सांसदकै आरोप

0

पश्चिम नेपालमा हावाहुरीको क्षति व्यवस्थापनमा चुनौति

काठमाडौँ – पश्चिम नेपालमा केही दिनअघि र बुधबार हावाहुरीले पुर्‍याएको क्षतिलाई लिएर सत्तारुढ दलकै सांसदहरुले सरकारबाट ‘कसैलाई काखा कसैलाई पाखाको व्यवहार भएको भन्दै चर्को विरोध गरेका छन्।

विनियोजित बजेटमाथि छलफल जारी रहेका बेला प्रतिनिधिसभाको विशेष समयमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद लक्ष्मी चौधरी, झपट रावल, निरु पाल र नवराज रावलले बारा र पर्सामा हावाहुरीको क्षतिलाई तत्काल संवोधन गरेको तर कैलाली, कञ्चनपुर र बर्दियामा पुगेको क्षतिबारे बेवास्ता गरेको भन्दै आक्रोश पोखेका हुन्।

कैलालीकी सांसद चौधरीले जेठ २३ गते पश्चिम नेपालमा २ जनाको ज्यान जाने र एक सय ७ जना घाइते हुने गरी आएको हावाहुरीबाट करोडौँको क्षति भएको र प्रचण्ड गर्मीमा पीडित बस्न बाध्य भएको तर उनीहरुको पुर्नस्थापनाका लागि केन्द्र सरकारले बेवास्ता गरेको बताइन्।

सांसद झपट रावलले पनि चौधरीको समर्थन गर्दै पश्चिम नेपालको हावाहुरीको पीडामा केन्द्र सरकारले कसैलाई काखा त कसैलाई पाखा गरेको भन्दै आपत्ति जनाए।

सांसद निरु पालले पनि सरकारले तत्काल पीडितको व्यवस्थापन र राहत वितरणमा ध्यान केन्द्रित गर्नु पर्ने बताइन्। हावाहुरीले सुर्खेतमा पनि क्षति पुर्‍याएको र केन्द्र सरकारले पीडितको व्यवस्थापनमा सहयोग गर्न आग्रह गरे।

सांसदहरुले विपद् व्यवस्थापनका लागि पूर्वतयारी कक्ष स्थापनाको माग समेत गरेका छन्।

Leave A Reply

Your email address will not be published.