बेल्जियममा नारी दिवश

0

आन्त्वेर्पेन,८ मार्च /२०१५
Make It Happen भन्ने १०५ औँ अन्तराष्ट्रिय नारी दिवसको नारा संगै “महिला मैत्री संविधान हिँसा मुक्त समाज को निर्माण” भन्ने राष्ट्रिय नारा का साथ यो बर्ष पनी बेल्जियमा गैर आवासिय नेपाली संघ महिला समिती द्वारा एक भब्य कार्यक्रम सम्पन्न भएको छ । एशोदा थापाको अध्यक्षता र गैर आवासिय नेपाली संघ बेल्जियमका अघ्यक्ष प्रेम गुरुंग को प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा गैर आवासिय नेपाली संघ युरोपका संयोजक अर्जुन कुमार श्रेष्ठ , गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका सल्लाहकार युवराज गुरुंग, अन्तराष्ट्रिय समन्वय परिषद का सदस्य जानकी गुरुंग, अन्तराष्ट्रिय समन्न्वय परिषद का सदस्य शिब कुमार बडुवाल, गैर आवासिय नेपाली संघ बेल्जियका पुर्व अध्यक्ष पिजी शेर्पा र गैर आवासिय नेपाली संघ बेल्जियकी महिला उपाध्यक्ष सारदा अर्यालको बिशेष आतिथ्यतामा सम्पन्न कार्यक्रमा पुर्व क्षेत्रिय अध्यक्ष झुना निरौलाले स्वागत मन्तब्य ब्यक्त गर्नु भएको थियो भने गैर आवासिय नेपाली संघ बेल्जियम कीपुर्व महिला संयोजक तथा बेल्जियम एसिया फोरमकी अध्यक्ष लिला शर्मा मानन्धर ले कार्यक्रम संचालन गर्नु भएको थियो । उक्त कार्यक्रममा गैर आवासिय नेपाली संघ बेल्जियमकी सल्लाहकार सीता सापकोटाले अन्तराष्ट्रिय नारी दिवसको ईतिहास र यसको महत्व को बारेमा प्रकाश पार्नु भएको थियो । प्रमुख अतिथीको आषनबाट बोल्दै गैर आवासिय नेपाली संघ बेल्जियमका अध्यक्ष प्रेम गुरुंग ले महिला हरु कसैको काँध बनेर होईन आफ्नो क्षमता ले अगाडी आउनु पर्दछ , महिला फुटेर होईन जुटेर र संकिर्ण बिचार त्यागेर पुरुष को प्रतिष्प्रधा मा आउन सक्नु पर्दछ भन्दै गैर आवासिय नेपाली संघ लाई धनीको संस्था र राजाको संस्थाको रुपमा नहेरीयोस भन्दै आफ्नो मन्तब्य ब्यक्त गर्नु भएको थियो । बिशेष अतिथीको आशनबाट बोल्दै युरोपियन संयोजक अर्जुन कुमार श्रेष्ठले हामी अबको युगमा महिला र पुरुष नभई समान हुन सक्नु पर्दछ त्यसको लागी हामीमा सकारात्मक सोँचको साथ एकजुट भएर अगाडी बढ्नु पर्दछ भन्नु भएको थियो भने केन्द्रिय सदस्य जानकी गुरुंगले हामी महिलाहरु संकिर्णतामा होईन ठुलो बिचार लिएर अगाडी बढ्नु पर्दछ भन्ने   बिचार  राख्नु भएको थियो त्यस्तै पुर्व अध्यक्ष पिजी शेर्पा ले नेपाल को कानुन ले महिला पछाडी परेको र ३३% कतै लागु नभईकह्को अवस्थामा महिलाहरु लडेर यो अधिकार लिनु पर्ने मा जोड दिनु भएको थियो । बिभिन्न संघ सस्थाको बाक्लो उपस्थिती रहेको उक्त कार्यक्रमा बिभिन्न महिला बक्ताहरु ले बढ्दो हिँसा र यसको न्युनिकरण को लागी आवाज बुलन्द पारेका थिए । गैर आवासिय नेपाली संघ बेल्जियम की उपाध्यक्ष सारदा अर्याल , नेपाली प्रगतीशिल महिला मंचकी अध्यक्ष निर्मला बजगाई, पुर्व अध्यक्ष कल्पना मगर, संयुक्त नेपाली मोर्चा युरोपकी सदस्य शुष्मा भुषाल, लोकतान्त्रित महिला मंच की अध्यक्ष ईसा गुरुंग, प्रवासी नेपाली संघ की कोषाध्यक्ष मुना केसी, तमु समाज बेल्जियम की निवर्तमान उपाध्यक्ष दुर्गा गुरुंग, नेपाली जन सम्पर्क समिती बेल्जियम की सदस्य राधा प्रधान, गैर आवासिय नेपाली संघ की निबर्तमान सचिव अनुजा प्रधान, गैर आवासिय नेपाली संघ बेल्जियम की निबर्तमान महिला उपाध्यक्ष अनिता लामा , प्रवासी नेपाली मंच की क्षेत्रिय अध्यक्ष हरी भट्टराई, गैर आवासिय नेपाली संघ बेल्जियम की सह कोषाध्यक्ष रेणु गुरुंग र युरो कलाकार संघ बेल्जियम की कोषाध्य़ मुना ताम्राकार आदी महिला हरु ले नेपाल मा भईरहेको बढ्दो हिंसाको खुलेर बिरोध गर्दै, वालिका बलत्कार, एसिड प्रकरण, जस्ता जघन्य अपराध गर्ने अपराधी हरु लाई नेपाल को कानुनमा फाँसीको ब्यबस्था गरी झुन्ड्याईनु पर्ने भनी आक्रोष ब्यक्त गरेका थिए भने २१ औँ शताब्दी मा आएर पनी हामी अझै दाईजो प्रथा, चेलीबेटी बेचबिखन, देउकी प्रथा, कमलरी प्रथा र बोक्सीको आरोपमा जिउँदै जलाईका कुरुती र कुसंस्कार का घटना ले हामी बिश्वसामु लज्जास्पद हुनु परेको दृस्टान्त पस्केका थिए। नारी कमजोर छैनन, निर्णाएक ठाउँमा पुर्याउ र क्षमता पहिचान गर भन्दै हरेक नारी ले आफ्नो अवसरको खोजी गरी अघी बढ्नु पर्ने धारणा ब्यक्त गरेका थिए । नारी निती निर्माण को तहमा मा नपुगे सम्म हामी माथीका हिंसाको अन्त्य नहुने र हामी पार्टी, बर्ग क्षेत्र र जात भन्दा माथी उठेर काम गर्नु पर्ने मा जोड दिनुको साथै हामी मान सम्मान भन्दा पनी कर्म मा बिस्वास गर्दै जाने बुझेका नारी ले पछाडी परेका अरु नारी लाई अगाडी ल्याउनु पर्ने र नारी ले नारीको खुट्टा तान्ने प्रबृद्दी को अन्त्य हुनु पर्ने मा एक मत देखिन्थे । संविधान निर्माण को प्रकृया मा रहेको हाम्रो देश मा हरेक तह र तप्का मा ५०% महिला सहभागिता हुनु पर्ने र बिदेशको सवाल मा पनी हरेक संघ सस्था देखी गैर आवासिय नेपाली संघ मा पनी कम्तीमा ५०% महिला सहभागिता हुनु पर्ने र पदिय दायित्व अनुसारको जिम्मेवारी समेत पाउनु पर्ने मा आवाज बुलन्त पारेका थिए । महिला माथी हुने गरेका हरेक खाले हिँसाको अन्त्य हुनु पर्नेमा हामी गेश बिदेश जहाँ रहे पनी सम्पुर्ण नेपाली महिलाहरु को एक मत हुनेमा दुविदा नरहेको धारणा सबै बक्ता दिदी बहिनीहरुको रहेको थियो । उक्त कार्यक्रम मा नेपाली जन सम्पर्क समिती बेल्जियम का अध्यक्ष शुभाष जोसी, निबर्तमान अध्यक्ष गंगाधर गौतम, संयुक्त नेपाली मोर्चा युरोपका अध्यक्ष सुरेन्द्र भुषाल, प्रवासी नेपाली संघ बेल्जियम का अध्यक्ष अर्जुन गुरुंग, नेपाली जन प्रगतीसिल मंच का अध्यक्ष चित्र सुवेदी, पर्वत समाज का अध्यक्ष केदार जोसी, गैर आवासिय नेपाली संघ बेल्जियम का महासचिव माधव सापकोटा , नेपाली साहित्य समाज बेल्जियम का अध्यक्ष दिपेन्द्र केसी , क्षेत्री समाज का अध्यक्ष मोहन खत्री पत्रकार डिल्ली अमाई लगाएत का महानुभाव हरुको उपस्थिती रहेको उक्त कार्यक्रम मा महिला दिदी बहिनी हरु ले नै हल भाडा ब्यबस्था गर्नु भएको थिसो भने चियापान सौजन्य ज्ञानु बराल र ब्यानर सौजन्य पुजा (चौतारी) ले गर्नु भएको थियो ।।

Leave A Reply

Your email address will not be published.