दार्चुला – दार्चुलाको नौगाड गाउपालिका वडा ४ सिप्टी स्थित गणेश विनायक माविको सौचालयको सेप्टी ट्यांकीमा खसेर ४ बालबालिकाको घट्ना स्थलमै मृत्यु भएको छ । सेफ्टी ट्यांकीको ढक्कनमाथि माटो राखेर मैदान बनाइएका कारणा त्यसमाथि खेलीरहेका बालबालिकाको ढक्कन भाँसिदा सेफ्टी ट्यांकीमा परी मृत्यु भएको हाे ।
मंगलबार ४ बजे तिर विद्यालयको चौरमा खेली रहेको अवस्थामा नौगाड गाउँपालिका वडा नम्बर ४ सिप्टी बस्ने माने ठगुन्नाको ७ वर्षिय छोरी निरुता ठगुन्ना, सोही ठाउँ बस्ने कृष्ण धामीकी १० वर्षिय छोरी अनुष्का धामी, मानसिंह ठगुन्नाकी ५ वर्षिय छोरी युनिका ठगुन्ना र सोही बस्ने जनक सिंह धामीको ८ वर्षिय छोरा सुदिश धामी सौचालयको टंकीमा खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी प्रहरी निरिक्षक हिक्मत बोहराले जानकारी दिएका छन ।
घट्ना बारे प्रहरी चौकी सिप्टी र ईलाका प्रहरी चौकी गोकुलेश्वरले थप अनुसन्धान गरिरहेको छ । ढक्कनमाथि राखिएको माटोसहित बालबालिका करिब १० मिटर तल खसेको थियो । ट्याङ्कीमा खसेर मृत्यु भएको बालबालिकाको उद्धार गर्न तीन घण्टा लागेको प्रहरीले जनाएको छ ।
घटना भएलगत्तै स्थानीयले कति बालबालिका ट्याङ्कीमा परे भन्ने छुट्याउन नसक्दा आफ्ना बालिका खोज्नतिर लागे । तर लाश पहिचान भएपछि गाउँ नै शोकमा डुबेको छ । विद्यालयको निर्माणाधीन भवनको उपभोक्ता समिति अध्यक्ष रहेका कृष्णसिंह धामीकी कक्षा २ मा पढ्ने १० वर्षीय छोरी अनुस्का र उनका ४ जना साथीहरु खेलिरहेको स्थानीयले बताएका थिए ।