इपरमा राजदुतको करामतले सबै चकित ?

0

डिल्ली राम अम्माई/
नेपाल एम्बेसी बेल्जियमले बिबादित इपर स्मारकको स्थापना यहि मार्चमा गर्यो / इपरको निर्माणको लागि आ-आफ्ना समितिका लठ्ठी समातेर बसेका राजनैतिक दल , सामाजिक तथा जातिय संघ संस्थाहरु स्मारक बनिसकेको देखेर झस्किएका छन / कतिपयले बक्तब्य समेत प्रकाशित गरिसके भने कतिले सोको तयारीमा रहेको बुझिएको छ / ‘……………..पनि सकेँ दैलो पनि देखें’ भनेझै उनीहरुसंग बिगतको बिबादलाई स्मरण गर्दै झोक्राएर बस्नु बाहेक अन्य विकल्प अहिलेलाई समाप्त भएको छ/ उनीहरुले हिजो जुन निर्माण गर्ने अवसर आफ्नो अन्तर कलहको कारणले नेपाल एम्बेसिलाई दिए त्यस कै कारण हो स्थापनाको जस नेपाल एम्बेसीले र बिशेस गरेर महामहिम राजदुत राम मणि पोखरेलले पाए / साथै मोनोमेन्टमा दरिलो गरेर बेल्जियम स्थित नेपाली संघ संस्थाहरुको नाम समेत हुनुपर्नेमा नेपाली समाज विभाजनको सजाए स्वरुप उनले आफ्नो नाम मात्र उल्लेख गरे /जुन दुखलाग्दो कुरा हो / यसको जस अपजसको भागेदारी हाम्रै विभाजित मानसिकता, र दुर्गन्धित राजनैतिक संस्कार हो भन्दा फरक नपर्ला / त्यसलाई हेर्न र विश्लेषण गर्न हामीले पुन एकपटक बिगतलाइ कोट्याउने पर्ने हुन्छा/
तत्कालिन तमु समाज, बेल्जियमका अध्यक्ष पदमबहादुर गुरुङ्गको संयोजकत्वमा इपर स्मारक निर्माण समिति गठन गरेर कागजी रुपमा भएपनि आफुले सन २००२ देखि पहिलो श्रद्धाको फुल चढाएर शुरु गरेको इतिहासलाई पूर्णता दिने जमर्को गरेको हो । तर त्यो पनि बिबाद रहित हुन सकेन /
९ जनवरी २०१२ मा नेपाली दुताबास ब्रुस्सेलको कार्यकक्षमा मिटिंग बस्दै कलहको शुरुवातले तिब्रता लिएको त्यो दिनले तमु समाजको स्मारक बनाउने दावीलाई चुनौती दिएको थियो / त्यो बेला बसेको मिटिंगले गरेको निर्णय मध्ये नम्बर ६ मा यसरी लिपिबद्ध गरेको अझैँ माइनेट बुकमा होला सायद / ‘’नेपाली संघ संस्था र नेपाली समुदायको बैठकले नेपाली दुताबासको संरक्षकत्व तथा एन आर एन ए बेल्जियमकी तात्कालिक अध्यक्ष्य जानकी गुरुङको संयोजकत्वमा इपर स्मारक निर्माण समिति गठन गरि आधिकारिकताको लागि नेपाली दुताबास बेल्जियमलाई सिफारिश गरिएको छ ।हाउस , इपर स्मारक निर्माण जस्ता परियोजनाहरूको बारेमा तुरुन्त बेल्जियमको सबै संघ संस्था र समुदायको भेला गरि जानकारी गराउने निर्णय गरियो । साथै इपर स्मारक निर्माणको लागि नेपाली समुदायको तर्फबाट दुई वटा समिति बनी रहेको अवस्थामा नेपाली दुताबासको उपस्थितीमा दुबै समितिका पदाधिकारीहरू बसेर छलफल गरि एकै समिति निर्माणको लागि पहल गर्ने, यी दुबइ समिति र दुताबास बिच छलफलको लागि आबश्यक संयोजन गर्नको लागि गंगाधर गौतमलाई जिम्मा दिने निर्णय गरियो । ‘’ समितिको सम्पुर्ण विवरण नेपाली दुताबासले केही दिन भित्र आधिकारिकता दिई सार्वजनिक गर्ने गर्ने भनेर समेत बिश्वास दिलाएको थियो / जसलाई तल त्यो बेलाको न्युजले समेत पुस्टि गर्दछ । [http://nepalihimal.com/article/%E0%A4%B8%E0%A4%AE%E0%A4%BE%E0%A4%9A%E0%A4%BE%E0%A4%B0/1918]
त्यति बेलाका सबै टिप्पणीहरु हेरियो भने मात्रै हामीले पहल गर्दा गर्दै पनि स्मारक बनाउने अवसर किन गुम्यो बुझ्न सजिलो हुन्छा / तल हेरौ :
[http://www.gulminews.net/2012/09/blog-post_6671.html]
‘‘अवस्थामा यति सानो तर आम बेल्जियम बासी नेपालीहरुको अभिरुचिको बिषयमा आर्थिक संकलन गर्न सकिन्न भनेर नेपाल सरकारलाई हार गुहार गर्न दूताबासको मर्यादा र जिम्मेवारि भित्र पर्दैन भन्ने हाम्रो ठहर छ र यसले नेपाली समुदाय अपमानित भएको महशुस गर्दछ । बढीमा २० देखी २५ हजार यूरो खर्च लाग्ने यो शिर्षकमा यहिको ब्यक्ती संघ संस्था कुनै पनि बेला तयार छन, तर दूताबासको भूमिका नेपाली समुदाय प्रति सकारात्मक हुन भने जरुरी छ /’’
दुताबाससंग समेत बिबाद अझै स्तर सम्म बढेर गयो यसरी:-
तात्कालिन एन आर एन ए कि अध्यक्ष जानकी गुरुङ पनि इपर स्मारक समितिको अर्को बिबादास्पद समितिकी संयोजक थिइन /बिबादको खेलले उनलाई पनि आफ्नो कार्यकाल भरि लतारि रह्यो / यहि बिबादको भुमरीमा फन्को मार्दै उनको कार्यकाल सकियो तर हात लायो सुन्य / त्यहि बिचमा उनले आफ्नो दुखजिलो सुस्केरा बिबादको भुमरीमा कता हरायो कता ?उनको त्यहि बेलाको यो टिप्पणीले कता संकेत गर्थ्यो त्यो पनि हेरौ :-
[http://namasteeurope.com/mainnews/?p=607#.VQAju_nF98E]
वा यहाबाट हेर्दा पनि हुन्छा:-
[http://www.nepalipatra.com/news/detail/2582/5/%E0%A4%87%E0%A4%AA%E0%A4%B0%E0%A4%AE%E0%A4%BE_%E0%A4%B6%E0%A5%8D%E0%A4%B0%E0%A4%A6%E0%A5%8D%E0%A4%A7%E0%A4%BE%E0%A4%95%E0%A5%8B_%E0%A4%86%E0%A4%B8%E0%A5%8D%E0%A4%A5%E0%A4%BE%E0%A4%B9%E0%A4%B0%E0%A5%81_%E0%A4%B8%E0%A4%99%E0%A5%8D%E0%A4%95%E0%A4%9F%E0%A4%AE%E0%A4%BE]

त्यसमा फरक खेमाको वा भनौ स्मारक एन आर एन ए बेल्जियमले बनाउनु पर्छा भन्ने खेमाको नेतृत्व गरेका युबराज गुरुङको पनि स्मारक निर्माण सम्बन्धि उनको भाषामा खास तर अर्को विकल्प थियो / हेरौ त्यो पनि :-
‘’यो एक परियोजना भएकोले निस्चित समयमा सुरुवात गरि निस्चित समयमा इपर नगरपालिकाको योजना मुताबिक निर्माण गराइ हस्तान्तरण गरिनु पर्दछ अर्थात सहश्राब्दि २०१४ नोभेम्बेर ११ अगावै सम्पूर्ण काम सक्नु पर्दछ । सरकारी तहको परियोजना भएकोले हामी नेपाली समुदाय यस परियोजनाको सहयोगी र सम्पन्न भए पस्चात त्यसको भाबना र मर्मलाई बचाइ राख्ने माध्यम मात्र हुनेछौ । स्मारकको स्वामित्व र सँरक्षण सबै स्थानिय सरकारको हुनेछ । ‘’- युवराज गुरूङ,[ , May 13, 2013 ]
[http://meroshrijana.blogspot.be/2013/01/blog-post_17.html]
त्यो बेलाको समाचार अनुशार -”तमु समाज बेल्जियमको नाम प्रयोग गर्दै ठुला सपना मात्र देखाउने संस्थाको रुपमा परिचित एन आर एन, बेल्जियममा नेत्रित्व तहमा चार, चार जना तमुहरु स्थापित भए पनि तिनैले इपर स्मारक बनाउन तमु समाजभित्रै भाँजो हाल्ने काम गरेकोले नेपाली जन प्रगतिशील मोर्चा, यूरोपका संयोजक बिष्णु भुजेल र आदिवासी जनजाती महासंघ, बेल्जियमका अध्यक्ष पिजी शेर्पाले मन्तब्यकै क्रममा कडा आपत्ति जनाएका थिए ।” -न्युज लिंकबाट हेर्दै जानुस /
[http://www.nefinonline.com/?p=324]
[http://www.khabarsite.net/2012/11/0_4543.html]
अर्को बिबादको शृंखला :-
‘’इप्परको सवालमा एन आर एनको मातहतमा काम गर्दा उपयुक्त हुन्छ । मैले पनि पहिला तमु समाजलाई दिँदा हुन्छ भनेकै हो । तर पछि त्यहाँ राजनैति ग्रुपले बोकिदिएर चल्यो भन्ने हामिलाई लाग्यो है । त्यहाँ हाम्रो डयासहरुले चलाएर उनिहरुले जे भाषा बोल्यो त्यहि भाषा बोलिदिने । त्यो त मिलेननि त । सबै नेपालीहरु आएर मिलेर गरम न त भन्ने कुरामा लुक्न थाल्ने । अनि त्यहाँ यसरि देख्दा एउटा समुहको राजनिति हुन्छ भनेपछि यो चाहि एन आर एनले गर्दा बेस हुन्छ भनेपछि मैले पनि पहिले बोलेको भाषा फेरेकै हो । तमुहरु धेरै लडेका छन । गर्छन भन्ने भाथ्यो । अब हामी नेपालीहरु हौं भन्ने बुझदा त नेपाली जसले गर्दा नि भयो नि त । त्यसरि जाउँ भन्ने मेरो भनाइ हो । अर्को नेपाली समाज भनेको छुटटै हो र राजदुतावास भनेको प्रशासनिक क्षेत्र । तसर्थ हाम्रो समाजको दुख सुखको गफमा हामीले नबोलाएकै हो उहाँलाई ।‘’-सुरेन्द्र भुषाल
[http://www.nepalplus.com/archives/18509#sthash.epHg8QNP.dpuf]
२०७१ फागुन २७ बुधवार-युरोपियन युनियन तथा बेनेलक्स लागि नेपाली राजदूत राममणि पोख्रेलले प्रमुख अतिथीको रूपमा बोल्दै इपर स्मारक बनाउने जिम्मा दूतावासले लिईसकेकोले अन्य संघसंस्थाहरुले टाउको नदुःखाउन आग्रहको सैलिमा सबै संघ संस्थाहरुलाई चुनौती दिएका थिए / त्यस पछी लगभग इपर स्मारकको मुद्दाले १८० डिग्रीको फन्को मारेको थियो / मिसन इपरको बिबाद ग्लोबलाईजेशन भएको प्रमाण स्वरूप यो नागरिक न्युजको मिशन इपर हेरौ त :- [http://www.nagariknews.com/diaspora/story/26997.html#sthash.n7ndkgAd.dpuf]
इपरलाई झक्झक्याएर मोनोमेन्ट बन्ने अवस्थासम्म ल्याई पुर्याउन तमु समाज बेल्जियमको योगदानलाइ कसैले कम आँक्न मिल्दैन /
[http://chardisha.com/prabas/%E0%A4%B6%E0%A5%8D%E0%A4%B0%E0%A4%A6%E0%A5%8D%E0%A4%A7%E0%A4%BE%E0%A4%A8%E0%A5%8D%E0%A4%9C%E0%A4%B2%E0%A5%80-%E0%A4%A6%E0%A4%BF%E0%A4%A8-%E0%A4%87%E0%A4%AA%E0%A4%B0-%E0%A4%AA%E0%A5%81%E0%A4%97]/ त्यसमा पत्रकार महेश थापा[http://www.brtnepal.com/literatures.php?pid=1010#sthash.xrtBJHul.dpbs] ,बालेन्द्र तमु, एन आर एन ए का युरोप संयोजक अर्जुन श्रेष्ठ , पुर्व महामहिम राजदुत प्रवेश हमाल , एन आर एन ए ग्लोबल सल्लाहकार युबराज गुरुङ, अग्रज राम बहादुर गुरुङ, जानकी गुरुङ तथा बेल्जियमका राजनैतिक तथा सामाजिक संघ संस्थाको समेत उल्यख्य योगदान रहेको प्रमाण स्वरुप उनीहरुले घोटेका अक्षरहरु सांक्षीको रुपमा इतिहास बनेर रहेका छन् / तर कुरो रह्यो बिबादको / त्यो स्मारक बनाउने अवसर बेल्जियमका नेपालीहरुले पाएकै हुन् / तर दुर्भाग्य त्यो अवसर हाम्रो आफ्नै अदुरदर्शी निर्णयको कारणले तुहिएको कुरा हामीले दुख मान्दै स्विकार्नु बाहेक अर्को विकल्प हामिबाट खोसिएको छ / त्यो पनि बिना सुचना , जादुगरिको शैलीमा / हिजोको हाम्रो आपसको तमासाले जग मात्रै हसायो उपलब्धि आफै गुमायौ / आज अर्कोले आफ्नो नाम राखेर स्मारक बनाएर जादु देखाई दिए / अब बक्तब्य दिएर बस्नु र फेस बुकमा स्टाटस लेखेर आफ्नो तितो यथार्थतालाई अँगालो हाल्नु भन्दा अर्को विकल्प के नै होला र खै ! [लिंक हेर्नलाई लिंक को COPY गरेर गूगल लिंकमा गइ PEST गर्ने र सर्च गरेर हेर्न सक्नुहुनेछा //] https://www.youtube.com/watch?v=UO0G3jsLULY

Leave A Reply

Your email address will not be published.