जन प्रगतिशील मोर्चा बेल्जियमको बिज्ञप्ति !!

0

नेपाली राजदुतावास बेल्जियमले बिबादित इपर स्मारक बनाएको बिषयलाई लिएर जन प्रगतिशील मोर्चा बेल्जियमले आफ्नो धारणा यसरी सार्वजनिक गरेको छ /

नेपाली दुतावास वेल्जियमको फासीवादी कदमको भ्रत्र्सना गरौ !

प्रथम विश्वयुद्धमा वृटिशहरुको पक्षमा लड्दा वेल्जियमको इपरमा विरगति प्राप्त गरेका नेपालीहरुको सम्झनामा स्मारक वनाउने सवालमा विगत लामो समयदेखि वेल्जियमवासी नेपाली समुदाय र नेपाली दुतावास वेल्जियमवीच फरक अवधारणा रहंदै आयो । वेल्जियमस्थित नेपाली समुदायले खोजविन गरेर पत्ता लगायको , तमु समाज वेल्जियले उक्त स्थानमा हरेक वर्ष श्रद्धान्जली कार्यक्रम आयोजना गर्दै आएको , सम्पुर्ण नेपाली समुदायको सहभागितामा वन्दा सहादत प्राप्त गरेकाहरुसंग जोडिएको विभिन्न समुदायको भावना पनि समेटिने , वेल्जियमवाहेकका ठाउंहरुमा पनि यस्ता स्मारकहरु नेपाल सरकारले निर्माण नगरेको , भावनात्मक तथा सांगठनिक रुपमा जोडिएका संघसंस्थाहरुको पहलमा निर्माण भएको , स्मारक निर्माणका लागि आवस्यक खर्च नेपाली समुदायकै स्वेचिछक सहयोगवाट संकलन गरिने हुंदा राष्ट्रको ढुकुटीवाट खर्च गर्न नपर्ने जस्ता विविध सकरात्मक पक्षहरुलाई आधार वनाई दुतावासले वनाउन उचित नभएको कुरामा नेपाली समुदायको वीचमा आम सहमतिनै भएको हो ।
यो आम सहमतिालाई लिएर हामी वेल्जियमस्थित नेपाली संगठनका प्रतिनिधीहरुले दुतावासमा गई महामहिम राजदुत राममणि पोख्रेलसंग पटक पटक भेटी ध्यानाकर्षण गराइएको र उक्त अवसरमा राजदुत पोख्रेलले नेपाली समुदायको भावना र सहमतिमानै स्मारक निर्माण गर्ने मौखिक सहमति गरेको थिए । यसै विषयलाई लिएर इपरको प्रशाषनले पनि दुतावास विनानै नेपाली समुदायले पनि स्मारक निर्माण गर्न सक्ने व्यहोरा सहितको पत्र दिएको भएता पनि यसलाई अनावस्यक संघर्षको रुपमा लैजान भन्दा सहमतिमानै निर्माण गर्दा उत्तम हुने हुनाले सहमतिको लागि प्रतीक्षा गरिरहेका सम्पुर्ण वेल्जियमस्थित नेपाली समुदायको मर्म र भावना विपरित दुतावासले स्मारक निर्माण गरेको जानाकारीमा आएकाले उक्त अलोकतान्त्रिक र फासीवादी कदमको हामी घोर भ्रत्र्सना गर्दछौं ।
अध्यक्ष
प्रेम पाठक
नेपाली जनप्रगतिशील मोर्चा, वेल्जियम
वदन योङ्घाङ्ग
अध्यक्ष
नेपाली जनजाती सरोकार मञ्च,वेल्जियम
११ मार्च २०१५

Leave A Reply

Your email address will not be published.