-कल्पना मगर,लुभेन, बेल्जियम/
आज भन्दा १०५ वर्ष अगाडी संसारका महिलाहरूले पुरुष र महिला बिचको भेदभाव बिरुद्धमा लामो समय आनदोलन गरी प्रप्त गरेको अधिकारको माहान दिन हो । पुजिवांदी ब्यापारको चरम होडबाजीमा बिकसित मुलकहरुका महिलाहरुले पुरुष सरह काम गर्थे तर एउटै श्रम गर्ने महिला र पुरुष बिच रहेको असामनता पारश्रमिक असमनाता थियो र तयहि असमनाताको बिरुद्ध संसारभरीका महिलाहरु जुर्मुराएर उठेका थिए । महिलाहरुले राज्यले गरेको बिभेदको बिरुद्ध समान काम को समान ज्याला पाउनू पर्ने माग राख्दै शसक्त आन्दोलन गरी आफ्ना अधिकार सूनिश्चित गरेका थिए । पुरै अमेरीका र यूरोपमात्र मात्र नभएर संपुर्ण बिश्वलाईनै हल्लाउने गरी भएको आन्दोलनले व्यापक हुदै जादां यूरोप र अमेरीकाको सहरमा महिलाहरुले बिराताका साथ लडे थुप्र महिलाहरुले साहादात प्राप्त गरें ।
१९०८ देखी संसारका समाजबादी पर्टींहरुले महिलाहरुको अधिकारको लागी अन्तराष्ट्रीय सम्मेलन गर्दै अउदा भियाना सम्मेलनबाट महिलाहरुले भोट हाल्न पाउने अधिकार र अफिसमा काम गर्न पाउने अधिकारकोलागी ससक्त अन्दोलन गर्ने निर्णय गर्दै आन्दोलन गरे अन्तत सक्तिशाली भनिने देस अमेरीका बेलायत जर्मनी जस्ता देसका सरकार महिलाहरुको आन्दोलनको अगाडी घुडां टेक्न बाध्य भयो । यही आन्दोलनले महिलालाइृ पनि पुरष सरह श्रम र अधिकार दिन बाध्य बनायो र बिश्वका सबै देसले यो नियमलाई लागु गर्न बाध्य भए । यहि उत्सवलाई संसारभरका महिलाहरूले प्रेरणादायी उत्सवको रूपमा मनाईरहेको पाईन्छ । कतिपय समाजबादी देसहरुमा यो दिनलाई सार्वजनिक बिदा दिईन्छ भने पुंिजबादी देसहरुमा सार्वजनिक बिदाको ब्यवस्था अझै भएको पाईदैन । एकाईसौं सताब्दी सम्म आई पूग्दा बिश्वका धनी देशका महिलाहरूले यो दिनलाई उत्सवको रूपमा मनाउन सफल भै सकेका छन भने बिश्वका कयौं देशहरू जून देशमा महिलाहरू समाजबाट लिङ्गियरूपमा हैपीएका , पिछडीएका छन यो दिन एक चूनौतिको रूपमा मनाउन बाध्य भै रहेका छन । यहि दिनलाई आधार मानेर महिलाहरुको अधिकारकोलागी लडिरहेका छन । यद्दपि संसारभरका महिलाहरू यो दिनको प्रभावबाट अछूतो रहेका छैनन, तर फरक यति मात्र छ की सबैले यसको आ आफ्नै महत्वका साथ मनाउने गरेको देखिन्छ ।विश्वका कयौं उत्पिडीत महिलाहरू लगायत नेपाली महिलाहरू ले पनि निरन्तर सघर्षकैरुपमा महिला दिवसलाई असाध्यै महत्वका साथ मनाउने गरेको छन ।
परम्पराबादी सामन्तिबादी राज्य ब्यवस्थामा आधरीत नेपाली साशन ब्यवस्था र पुरुष प्रधान नेपाली समाजको बनोटका कारण नेपाली महिलाहरु पुरुषको दासकोरुपमा मात्र उपयोग गरिएको थियो र अझै पनि यो ब्यवस्थालाई नेपाली परम्परा भनेर लागु गरेको पाईन्छ । चुलो र चौकाको घेरावन्दीमा रहेका नेपाली महिलाहरुले ईतिहास रच्दै १० वर्षे जनयूद्धमा होमिएका साहसी महिलाहरूले समाज परिबर्तन को लागी गरेको योगदान गरें । महिलाहरुको छुट्टै ब्रिगेट बनाउन सफल भए । ति बिर साहासी महलिाहरुले महिलाहरु पनि नेपाली समाज मा पूरूष सरह शारीरिक , मानसीक र राजनैतिक रूपमा समान सहभागिता हून सक्छ भन्ने कूराको स प्रमाण जनमूक्ती सेनामा विभिन्न कमान्ड का सफलतापूर्वक मोर्चाहरू समेहालेर पेश गरिसकेका छन । यसरी जनयूद्धमा महिलाहरुले भूमिका निभाउदै गर्दा महिला माथि भेदभावको बिषय कहिलै आभाष कहिलै भएन । पुरै जनयूद्धकालीन समयमा कुनै बलत्कारको घटना भएन । तल्लो बर्ग र निकै हेपीएको बर्गबाट नेपाली महिलाहरुको नेतृत्व गर्ने क्षमतामा सयौ गुणा बिकसित भएको कुरा पहिलो संबिधानसभाको चुनावले गराएको प्रतिनिधीत्वले देखाएको छ ।
१० वर्षे जनयूद्ध तथा १९ दिने जनआन्दोलन बाट प्राप्त आन्तरिम संबिधान मा लेखिएका महिलाको अधिकारलाई सुनिश्चत गर्ने भनिएको छ । नेपालमा रहेको समस्यहरुमा लिङ्गिय भेदभावलाई मुख्यरुपमा चित्रण गरिएको छ । नेपालमा महिला भएकै कारण समाजमा र नेपालको बिकसको मुल प्रवाहाबाट पिछडीनु परेको सत्यलाई कसैले नकार्न सक्दैन । अहिलेको एकासौ सताब्दिमा पनि संसारको सबै भन्दा कम साक्षर महिला भएको देस नेपाल भन्नु पर्दा हाम्रो सिर निहुराउनु परेको छ । २०११ को तथ्यङ्क अनुसार महिला साक्षरता जम्मा ४७ प्रतिसत छ भने यो रेट पुरुष भन्दा २७ प्रतिसतले कमि छ । यो सबै कारण भनेको सामन्ति राज्य ब्यवस्थाको कारणनै हो । अव हामी नेपाली नारीलाई अधिकार संपन्न बनाउ भन्दै गर्दा नेपालको ठूला भन्ने पार्टी तर सामन्तिका पहरेदार नेपाली कांग्रेस र नेकपा एमालेले जस्ले सन्तानको जन्म दिन्छीन उनैले पहिचान अथवा नागरीकता दिलाउन सक्ने छैन भन्ने बेतुकका कुराले नेपाली महिलाहरुको अधिकार हरण गर्न खोजिदै छ ।
राणकालीन सामन्ति सोच भएका नेपालका सामन्ति पार्टीहरुको सामन्ति सोचले नेपाली महिलाहरु फेरी पनि अधिकारबाट बन्चित हुने खतारा बढोको छ । महिलाहरुमाथि तेजाव हाल्ने, बल्तकार गर्ने जस्ता घटनाले पनि महिलाहरुलाई हाम्रो समजले हेर्ने दृष्टीकोण के हो भन्ने कुरा छर्लङ्ग परेको छ । हामी महिलाले यो मार्च ८ लाई आन्दोलनकोरुपमानै मनाउनु पर्ने हुन्छ । उत्सव त त्यो बेलामा मनाईछ जुन बेला आप्mो अधिकारहरु सुनिश्चित हुन्छ तर हामी नेपाली महिलाको अधिाकर सुनिश्चिक नभई सकेको हुनाले यो महिला दिवसलाई आन्दोलनकैरुपमा मनाउन जरुरी छ ।
गत संबिधानसभामा राज्यको पुनर्सरचना आयोगले निर्धारण गरेको नेपालको मुल समस्यहरु लिङ्गिय, समस्यालाई पनि किटान गरेको छ । आधा भन्दा बढी जनसख्यालाई अध्यारोमा धकेलेर संसारका कुनै देस पनि बिकास हुन्छ भनेर कल्पना सम्म पनि गर्न सकिदैन । तसर्थ आगामी संबिधानमा महिलाहरुको अधिकारलाई सुन्श्चिित गर्न राज्यको कुनै पनि तहमा महिलाहरुको पचास प्रतिसतको ब्यवस्था गर्न पर्ने हुन्छ ।
त्यसैले यो मार्च ८ लाई आमाको नाममा नागरीकता प्रदान गर्न हुदैन भन्ने र पहिचान बिरोधीहरुको बिरुद्धमा संसक्त आन्दोनकोरुपमा मनाउन जरुरी छ । साथै महिला हिसां र महिलाहरुमाथि गरिएको भेदभावको बिरुद्धमा केन्द्रित हुन जरुरी छ । देस तथा बिदेसमा भएका संपुर्ण महिलाहरुलाई १०५ ओ अन्तराष्ट्रीय महिला दिवसलाई आन्दोलनको रुममा मानाऔं भन्दै संसारका महिलाहरुलाई हार्दिक सुभकामना ।