गैर आबासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्तले आगामी महाधिबेशनमा आफु अध्यक्षको स्वत: दाबेदार रहेको घोषणा गर्नु भएको छ । पन्तको स्वागत तथा सम्मानमा गैर आबासीय नेपाली संघ बेल्जियमले आयोजना गरेको कार्यक्रममा उहाले सो कुरा बताउनु भएको हो । एनआरएनए का राष्ट्रिय सम्मेलनहरुको सरगर्मी सुरु भए सङ्गै केन्द्रीय नेत्रित्वका लागि पनि बहस हुन थालेको सन्दर्भमा पन्तको उक्त दाबी आएको छ । गत अधिबेशनमा पनि अध्यक्ष पदको लागि उम्मेद्बारी प्रस्तुत गर्नु भएका पन्तले अन्तिम समयमा बर्तमान अध्यक्ष भबन् भट्टलाई समर्थन गर्नु भएको थियो ।
उहाले आफु निर्वाचनमा गएमा स्वतन्त्र रुपमा जाने र मेरो टीम यो छ फलानो फलानोलाई भोट दिनुस् भनेर नभन्ने कुरा जानकारी गराउनु भयो ।


‘एनआरएनको विधानमा टीम बनाएर चुनावमा भाग लिन नपाइने व्यवस्था छ । म आफू निर्वाचन प्रक्रियामा गएको खण्डमा टीम नबनाइकन चुनावमा सहभागी हुने जानकारी गराउँछु भनी प्रतिबद्धता ब्यक्त गर्नु भयो ।


गैर आबासीय नेपाली संघले माग गरेका बिषयमा नेपाल सरकार र नेपालको संबिधानमा धेरै कुराको ब्यबस्था भैसकेकोले अब एनआरएनहरुले देशको लागि आफ्नो कर्तब्य पुरा गर्नु पर्ने चरणमा प्रबेश गरेको जनाउदै आफ्नो ज्ञान शिप पुजी क्षमता अनुसार लगानी गर्न अभ्वान गर्नु भयो।
सामूहिक लगानीको आर्थिक फण्ड बनाएर लगानी गर्नेगरी नेपाल सरकारसँग सहमति भएको छ । यसबाट धेरै एनआरएनले शेयर हालेर लगानीकर्ता बन्न सक्नुहुन्छ भन्दै देश प्रतिको दयित्वा महशुस गरी संघले अगाडि सरेका परियोजनाहरुमा लगानीको साझेदार हुन पनि अनुरोध गर्नु भयो ।


एनआरएनले अघि सारेको भिजन २०२० को एजेण्डालाई अनुसरण गरेमा अरु नयाँ एजेण्डा आवश्यक नपर्ने भन्दै पन्तले अहिलेको मुख्य चुनौति भनेको सदस्यतालाई व्यवस्थित गर्नु भएको बताउनु भयो ।


त्यसका लागि अनलाइन सिस्टममार्फत सदस्यता नवीकरणको प्रक्रिया थालिएको बताउँदै उहाले नेपालका टेक्नोलोजी सम्बन्धी विज्ञ तथा वकीलहरु राखेर एमओएस सीस्टम लागू गरिएकोले डाटाहरुलाई लिक नहुने गरी काम गरिएको पनि जानकारी गराउनु भयो ।

कार्यक्रममा सहभागिहरुले उठाउनु भएका भन्सार कानुनमा झमेला, एनआरएन नगरिकता बारे संबिधानमा एनआर एन र सरकार बिच बुझाई फरकपन , कृषि जलश्रोत र अन्य परियोजनामा केन्द्रीय नेत्रित्व बीचमा देखिएका मतभिन्नता, केन्द्रीय कार्यालय भबनको जग्गा बिबाद , लगानी सम्मेलन, दोश्रो पुस्तालाई संघको अभियानमा सहभागिता, संगठन भित्रको अनुशासन र आन्तरिक पारदर्शिता लगायतका समसामायिक् बिषयमा पन्तले खुलेर छलफल गर्नु भएको थियो ।

पत्रकारहरु ओम शर्मा , डील्ली अंम्माइ साथै बिरमान मगर सुदर्शन सिंखडा, बोधराज पौडेल, खड्क केसी, चन्द्र शर्मा , राजकुमार पुडासैनि , दीपेन्द्र केसी, शंकर बजगाई,र सरु चापागाई लगायतले उपाध्यक्ष पन्तलाई जिज्ञाशा राख्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै गैर आबासीय नेपाली संघकी सचिब जानाकी गुरुङले आफ्नो कार्यकालमा भएका र गर्न बाँकी कामको मुल्याङ्कन गरी रहेकोले अहिलेनै आफुले आगामी नेत्रित्वकालागी दाबी नगरे पनि समय आए पछी स्वत: साथीहरुलाई आग्रह गर्ने बताउनु भयो । साथै संघको एकता र विश्वाभरी छरिएका एनआरएनहरुको विश्वाश संगठनलाई आबस्यक भएको पनि उहाको भनाइ थियो ।


युरोपियन सन्योजक शिव बरुवालले नेपाल सम्ब्रिद्धीको बाटोमा अघी बढीरहेकोले एनआरएन हरुको साथ देशको लागि अती आबस्यक भएको छ भन्दै अभियानको आगामी बाटो पनि त्यतै तिर मोडिनु पर्ने बताउनु भयो ।


गैर आबासीय नेपाली संघ बेल्जियमका अध्यक्ष लोक दाहालको सभापतित्वमा भएको कार्यक्रमको सन्चालन प्रबक्ता दीपेन्द्र केसी र स्वागत बरिष्ठ उपाध्यक्ष कमल पन्थीले गर्नु भएको थियो भने अनररी काउन्शिल सदस्य गोबिन्द सुबेदी , आइसिसी सदस्य द्वय पदम गुरुङ र सरु चापागाई लगायत बिभिन्न संघ संघ संस्थाका पदाधिकारीहरु , एनआरएनएका पूर्व तथा बर्तमान सल्लाहकारहरु, पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

सोही कार्यक्रममा एनआरएनए बेल्जियमका निबर्तमान अध्यक्ष एबम बिधान समितीका सन्योजक गंगाधर गौतमले संघको साधारण सभामा सुझाब सहित् पारीत भएको बिधान उपाध्यक्ष पन्त लगायत केन्द्रीय पदाधिकारी र एनसीसी पदाधिकारीहरुलाई हस्तान्तरण गर्नु भएको थियो ।