जनकपुरधाम –वर्षासंगै आएको हावाहुरीले घरको छाना उडाउँदा धनुषामा एक महिलाको ज्यान गएको छ । अर्का एकजना घाइते भएका छन् ।
धनुषाको मिथिला विहारी नगर पालिका वडा नं ७ तारापट्टी पछियारी टोल घर भएकी वर्ष ७२ को वरतो देवी दासको शनिबार राति १० आफ्नै घरमा एलबेस्टरको छाना खस्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
हावाहुरीबाट सोही घरकी ७५ वर्षीया बिल्टी देवी दास घाइते भएकी छिन् । घाइतेको टाउकोमा गम्भीर चोट लागेको अहिले उनको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको छ ।