जनकपुरधाम –  प्रदेश २ को अस्थायी  राजधानी समेत रहेको जनकपुरधाममा  मिथि  फाउंडेशन को  सफाइ अभियान २४ औं हप्तामा पुगेको छ । 

मिथी फाउन्डेसनकि अध्यक्ष तथा सरसफाई अभियानी रूबी कुमारी  झा तथा Social Empowerment and Welfare Association (SEWA)को अध्यक्ष तथा युवा सरसफाई अभियानी दिपक कुमार चौधरी एंब बाल सफाइ अभियानी दक्ष झा समेतको संयुक्त अगुवाईमा आज  शानिवार २४ औं साप्ताहिक सरसफाई कार्यक्रम लाई निरन्तरता दिइयो ।


कार्यक्रम अन्तर्गत रेलवे स्टेशनको  दक्षिण साइड फुट पाथमा राखिएको सामान हटाउनुका साथै शहरलाई सफा राख्ने सम्बन्धी जनचेतना मुलक कार्यक्रम समेत गरिएको थियो । 


कार्यक्रम मा समाजसेवि अभियानी बैद्यनाथ शाह, सरसफाई अभियानी राजेन्द्र साह, अभियानी संजू यादव, खुश्बु साह, दिवाकर झा, मदन साह, अजय झा, बिपिन झा, गौरब गुप्ता, अमित मंडल लगायत स्टेशन प्रहरी चौकीको प्रमुख र पूरा टीम सहित स्थानीय बासिहरुको समेत उल्लेख्य सहभागिता थियो ।

ReplyForward