काठमाडौँ – धुर्मुस सुन्तली फाउण्डेसनले चन्दा उठाएर निर्माण गर्ने जिम्मा पाएको गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालाका लागि चितवनमा स्थानीय रूपमा चन्दा संकलन तीब्र बनेको छ । आफूखुसी चन्दा दिनेदेखि विद्यार्थीको टाउको गनेर विद्यालयले चन्दा उठाउने सम्मको क्रम जारी रहेको छ । कतिसम्म भने विद्यालयले अभिभावकको नाममा पुर्जी नै काटेर न्यूनतम एक सय रूपैयाँ चन्दा दिन अनुरोध गरेको छ । अहिले एउटा विद्यालयले विद्यार्थी मार्फत अभिभावककोमा पठाएको पुर्जीको सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

facebook post

यसअघि धुर्मुससुन्तली फाउण्डेसनले चन्दा उठाउन पाउनेगरी सरकारले निर्माणको जिम्मा दिएको गाैतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालाका लागि फाउण्डेसनका सिताराम कट्टेल धुर्मुस र कञ्जना घिमिरे सुन्तली देश र विदेशका विभन्न ठाउँमा पुगिसकेका छन । चन्दा संकलन सोचेको जस्तो प्रभावकारी नभए पनि घुर्मुसले रंगशालाको काम अघि बढाउन काम गरिरहेकै थिए । तर जेठ १५ गते स्थनीयले रंगशालाको बारमा डोजर नै चलाएपछि अहिले सामाजिक सञ्जालमा धुर्मुसको  र सुन्तलीको अाक्रोशको चर्चा भैरहेको छ । रंगशालाको बारमा डोजर चलाउने प्रकाश कडेँलसहितका १६ जनालाइ पक्राउ गरेर प्रहरीले कारबाहीको पक्रिया समेत अघि बढाइरहेको छ । यही बीचमा फाउण्डेसनको नाममा धुर्मुसले विज्ञप्ति नै जारी गरेर काम स्थगित गरेको घोषणा गरेपछि उनको बारेमा सामाजिक सञ्जालमा अनेकथरीका टिप्पणीहरू भैरहेका छन । यसै सन्दर्भमा विद्यालयले विद्यार्थीसँग चन्दा लागि अभिभावकलाइ पत्राचार गरेको बारेमा पत्रकार विनोद ढकाल लेख्छन ‘भाई रोएर रंगशाला बन्दैन ! यो बिरोध होइन, व्यवधानको चिरफार हो ! रंगशाला चन्दा उठाएर बनाउने कि, जनताको कर तिरेको सरकारी रकमले । कसले के भत्कायो त्यो अर्को कुरा हो, विद्यालयमा चन्दा आतंक !’