महोत्तरी / चारदिशा संवाददाता – पिपरा गाउपालिकामा दाइजोमा मोटरसाइकल नदिँदा एक युवतीको हत्या भएको छ । गाउँपालिकाको वडा नम्बर १ की २० वर्षीया विमलादेवी यादवको हत्या भएको हो ।

मंगलवार मृत फेला परेकी यादवले आत्महत्या नभई हत्या भएको भन्दै माइतीपक्षले प्रहरी जाहेरी दिएका छन् । यता हत्या आरोप लागेका मृतककी सासु र नन्दहरुको छानविन भइरहेको प्रहरीले जनाएको छ ।

छोरीको विवाहमा पाँच लाख नगद, दुई तोला सुन, पचास तोला चाँदी, दिएता पनि मोटरसाइकल माग गरेको मृतकका बुवा कमलेश यादवले जानकारी दिए । छोरीलाई तेरो बाउले मोटरसाइकल किन दिएन रु भन्दै ज्वाई्र र सासु–ससुराले दैनिक कुटपिट गर्ने गरेको कमलेश बताउछन् ।

मृतकको शवको पोष्टमार्टम भइसकेको प्रहरीले जनाएको छ । घटना शंकास्पद रहेपनि अनुसन्धान पूरा भएपछिमात्र वास्तविकता खुल्ने र पोष्टमार्टम रिपोर्ट आइसकेपछि थप तथ्य खुल्ने जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक विज्ञान बस्नेतले बताए ।