चारदिशा बेल्जियम

नेपालमा चालेको १० बर्षे जनयुद्धमा भएको युद्ध अपराध र बालअधिकारको हननका बिषयमा अन्तरराष्ट्रिय मानब अधिकारबादी संस्थाहरुलाई ध्यानाकर्षण गराउन र त्यस अपराधमा सम्लग्नहरुलाई अन्तरराष्ट्रिय कानुन बमोजिम कार्यबाही गरियोस भनी अभियान चलाई रहेका माओवादी जनयुद्धका पूर्व बालसेना लेनिन बिष्टले आज युरोपियन युनियनको नेपाल डेस्क प्रमुखलाई भेटी आफ्ना मागहरु राखेका छन ।

उनले माओवादी जनयुद्धमा प्रयोग भएका चार हजार बढी बालबालिकाको उचित ब्यबस्थापन हुन नसकेको , नेपाल सरकार र पुष्पकमल दाहाल प्रचन्ड लगायत माओवादी नेत्रित्वले त्यसलाई बेवास्ता गरेको, आफुहरुलाई क्यान्टोनमेन्टमा थुनेर त्यस बापत अरबौ रुपया राज्य सँग लिएर भ्रस्टाचार गरेको र पूर्व बाल सैनिकको उचित ब्यबस्थापन को लागि आवाज उठाउदा झुट्टा मुद्धा लगाउदै जेल हाल्ने र निरन्तर धम्क्याउने गरेकोले अन्तररास्ट्रीय समुदायले न्यायका लागि दबाब श्रीजना गरिदिन अनुरोध गरेका छन ।

साथै युरोपियन युनियनले नेपाललाई दिने अनुदानमा बालसैनिक र पीडित र बिस्थापितहरुको लागि दिर्घकालिन ब्यबस्थापनका कार्यक्रम समायोजन गरिदिन पनि अनुरोध गरेका छन । बिष्टले दिएको ज्ञापनपत्रमा निम्न मागहरु रहेका छन ।

https://drive.google.com/open?id=1mgQCYqUQd7U21FW5HdptSJ64Wl8EERfh